संयुक्त पर्यटन समन्वय समितिका संयोजक समेत रहेका नेपाल एसोसियसन अफ टूर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) का अध्यक्ष डी.बी. लिम्बुले समिति छाडेर बाहिरिएका सबै सदस्यहरुलाई संस्थामा फर्कन आग्रह गरे । ‘जेटीसीसी छाडेर बाहिरिएका सबै साथीहरुलाई म संस्थामा फर्कन आग्रह गर्छु ।’ उनले भने, ‘संस्थाको आन्तरिक समस्या संस्थाभित्रै रहेर समाधान गर्ने हो, न की बाहिर बसेर ।’ सबैलाई मिलाएर लैजाने क्रममा आफु पद त्याग गर्न समेत तयार रहेको बताए । समितिले राजनीति पूर्वाग्रह नराखेको लिम्बुको दावी थियो ।
राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्र रिजालले राजनीतिक खिचातानीलाई त्यागेर पर्यटनको विकास र राष्ट्रको सम्बृद्विमा लाग्नुपर्ने बताए । ‘नीति निर्माण तहमा भएको राजनीतिक विभाजनले पर्यटनको विकासमा बाधा पु¥याएको छ ।’ उनले भने ।
तर, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) का पूर्वअध्यक्ष बोधराज भण्डारीले जेटीसीसीले बाटो बिराएको टिप्पणी गरे, ‘जेटीसीसीले राजनीति गर्न खोजेको देखिन्छ ।’ पर्यटन पुनरुत्थानका लागि पर्यटन मन्त्रालय, पर्यटन बोर्डलगायतका पर्यटकीय संघसंस्थाहरुले पहल नगरेकोमा रोष प्रकट गरे ।
टानका महासचिव सागर पाण्डेले राजनीतिक विभाजन नेपालको पर्यटन क्षेत्रमा पेचिलो विषय भएको टिप्पणी गरे । पर्यटन विकासका लागि सबै संस्था तथा व्यवसायी एक हुनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा नेपाल पर्यटन व्यवसायी मञ्चका अध्यक्ष गणेश सिंखडाले पर्यटन पुनरुत्थानका लागि सरकारबाट भरपर्दो नीति तथा कार्यक्रम नल्याएकोप्रति कटाक्ष गरे । उपत्याकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको प्रति रोष प्रकट गर्दै सिंखडाले आउँदो सन् २०१६ लाई सम्पदा दिवसको रुपमा मनाउन सरकारलाई आग्रह गरे ।
त्यस्तै प्यासिफिक एसिया ट्राभल एसोसियस (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डे, टुरिष्ट गाईड एसोसियसन नेपाल (टुर्गान) का अध्यक्ष हरेराम बराल, एकिकृत पर्यटन व्यवसायी संगठनका अध्यक्ष कमल सापकोटालगायतले राजनीतिक विभाजनमा नलागी मुलुकको पर्यटन विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिए ।
नाटोजका अध्यक्ष शिव अधिकारीले भूकम्पले निम्त्याएको विपक्तिकाबीच पर्यटन पुनरुत्थानका लागि लाग्नुपर्ने बेला व्यवसायीबीच राजनीतिक विभाजन हुनु विडम्बना भएको बताए । ‘भूकम्पले निम्त्याएको महाविपत्तिमा सबै एक हुनुपर्ने बेला राजनीतिक विभाजन आउनु चिन्ताको विषय हो ।’ उनले भने, ‘यसबेला सबै एक हुनुको विकल्प छैन ।’
सो कार्यक्रममा नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल) को नाम परिवर्तन गरी विधिवत् रुपमा राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) घोषणा गरिएको थियो ।
प्रतिक्रिया