झापा,१० असार । झापा जिल्लालाई बालमैत्री जिल्ला बनाउने उद्धेश्यले जिल्लामा नै पहिलो पटक युवा सञ्चारकर्मीहरु एक जुट भएका छन् । झापाको मेचीनगर–१२ इटाभट्टामा युवा सञ्चारकर्मीहरुको एक भेलाले पत्रकार नरेन्द्र ढकालको संयोजकत्वमा बालबालिकाको हितको लागी युवा सञ्चार अभियान नाम संस्थाको गठा गरिएको छ । आज (बिहिबार) भएको भेलाले समितिको सहसंयोजकमा खगेन्द्र घिमिरे, सचिवमा शिशिर चम्लागांई, सह सचिवमा रुपेश अधिकारी र कोषध्यक्षमा प्रकाश पौडेललाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा दिपेन लावती, नारायण अर्याल, झुलन रेग्मी र सञ्जिता पोख्रेल रहनुभएको छ । नव गठित समितिले असार महिना भित्र आफ्नो संस्थालाई जिल्ला प्रशासन मार्फत दर्ता गरेर वैधानीकता प्रदान गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्ने कार्यलाई अगाडी बढाउन सुरु गर्ने निर्णय समेत भएको बताइएको छ । बालबालिकाका क्षेत्रमा जिल्लामा रहेका सरकारी तथा गैरसरकारी संस्थासंग समन्वय गर्दै कार्यक्रमहरु अगाडी बढाउने र बालश्रम अन्त्य गर्दै जिल्लालाई बालमैत्री जिल्ला बनाउने उद्धेश्यका साथ संस्थाको स्थापना गरेर अगाडी बढेको संयोजक ढकालको भनाई छ । यसैबीच अभियानमा आवद्ध पत्रकारहरुले बालबालिकाको क्षेत्रमा कलम अगाडी बढाउदै उनीहरुको विषयमा कार्यक्रम तथा लेख, समाचार लगायतका कार्यमा एकजुट भएर अगाडी बढ्ने प्रतिवद्धता जाहेर गरेको जनाइएको छ ।
प्रतिक्रिया