पर्यटक लोभ्याउदैं गाइघाटको झरना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० असार २०७२, बिहीबार १३:२८

बागलुङ,१० असार । बागलुङको अमरभूमि–४ स्थित पर्यटकीय गाईघाट झरनाले नयाँ स्वरुप पाएको छ । पर्यटक लोभ्याउने प्राकृतिक झरना वरिपरि थप पर्यटकीय पूर्वाधार र संरचना निर्माण गरिएको हो । पर्यटन मन्त्रालयको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा झरनाको रुप फेरिएको छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रले झरनालाई पर्यटन गन्तव्यका रुपमा विकास गर्न लागेको हो । यो वर्ष पर्यटन मन्त्रालयबाट प्राप्त रु सात लाख र स्थानीयवासीको डेढ लाख बराबरको जनश्रमदानमा झरना छेउँ पौडी पोखरी निर्माण गरिएको छ । जग्गा व्यवस्थापन र पोखरीको संरचना निर्माणमा बजेट खर्च भएको केन्द्रले जनाएको छ । झरनाको ठीक बीच भागको भित्रपट्टि ४० जना मानिस अट्ने गुफा गत वैशाखमा फेला परेको थियो ।

em/gfsf] lr;f]kfgL – afun'ªsf] unsf]6df kg]{ ufO3f6sf] em/gf . pQm em/gfnfO{ lhNnfdf ko{6sLo uGtJosf] ?kdf lnOG5 . t:jL/ – /fdaxfb'/ yfkf÷/f;;, afun'ª .
em/gfsf] lr;f]kfgL – afun’ªsf] unsf]6df kg]{ ufO3f6sf] em/gf . pQm em/gfnfO{ lhNnfdf ko{6sLo uGtJosf] ?kdf lnOG5 .
t:jL/ – /fdaxfb’/ yfkf÷/f;;, afun’ª .

दरमखोला किनारमा अवस्थित झरना माछा मार्न रुचाउने पर्यटकको समेत रोजाइँमा पर्नेछ । करिब ५० मिटर उचाइको झरना नजिक पर्यटक आकर्षित गर्ने बराह ताल पनि रहेकाले त्यसलाई पनि जोडेर पर्यटीय क्षेत्र बनाउने योजना केन्द्रसँग छ । केन्द्रकै प्रयासमा चालु आवमा पर्यटन मन्त्रालयबाट बजेट विनियोजन भएको हो । झरना स्थलमा जग्गा व्यवस्थापनका लागि अमरभूमि गाविसले रु ५० हजार सहयोग गरेको थियो । गाईघाट झरनालाई अमरभूमि, हिल, अर्गल, ताराखोला गाविस छिर्ने प्रवेशद्वारको रुपमा समेत लिने गरिन्छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१