गुजरातमा भीषण वर्षा र बाढी, ३० जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० असार २०७२, बिहीबार १३:१५

भारतको गुजरातमा भीषण वर्षा र बाढीका कारण ३० जनाको मृत्यु भएको छ भने थुप्रै बेपत्ता भएका छन् । भीषण बाढी र वर्षाका कारण गुजरातको राजकोट र अमेरिली जिल्ला बढी प्रभवित बनेका छन् । बाढीका कारण दुई जिल्लाका सयौं परिवार बिस्थापित भएका छन् । बस्ती नै डुबानमा परेपछि सर्वसाधारण छतमाथि बसी उद्धारको पर्खाइमा बसेका छन् ।

guj यसैक्रममा एक सयभन्दा बढीलाई हेलिकोप्टरमार्फत् सुरक्षित स्थानतर्फ सारिएको छ । राजकोट र अमेरिली जिल्लाबाहेक अन्य शहरमा पनि ठाउँ ठाउँमा पानी जमेका कारण जनजीवन प्रभावित बनेको छ । बिजुली आपूर्ति बन्द हुनुका साथै यातायात सेवासमेत अवरुद्ध बनेको छ । बाढीका कारण गुजरातको शत्रुंजया नदीमा पानीको बहाव बढेकाले पानी छेउका बस्तीसम्म पुगेको छ । बाढीबाट बिस्थापितहरुलाई राहत बितरण गर्न थालिएको छ भने सुरक्षित स्थानमा समेत सार्न थालिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१