१६ सय हिउँमान्छे बनाएर विश्व किर्तिमानी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० असार २०७२, बिहीबार १३:०८

दुनियामा किर्तिमान राख्ने तरिका पनि फरक फरक हुन्छन् । जापानीहरुले हालै एक अनौठो किर्तिमान कायम गरेका छन्, सबैभन्दा धेरै हिउँमान्छे बनाएर । उत्तरपश्चिमी जापानको लियामा सहरमा स्थानीय मानिसहरुले एक घण्टामा १५ सय ८५ वटा हिउँमान्छे बनाएर नयाँ विश्वकिर्तिमान दर्ज गरेका क्योदो न्युज एजेन्सीले जनाएको छ । झण्डै १६ सय हिउँमान्छे बनाउन ६ सय ३० जना मानिसहरु खटिएका थिए । सहरमा परेको व्यापक हिमपातको मौका छोपेर स्थानीय मानिसहरुले हातैले हिउँका मानव आकृति बनाएर किर्तिमान कायम गरेका हुन् । उनीहरुले निर्माण गरेका ती हिममानव हरेकको उचाइ कम्तिमा ३ फिट थियो भने अनुहारको प्रष्ट आकृतिका साथै गहनायुक्त पाखुराहरु थिए ।

hillयो सँगै केही दिन अघि मात्र हिउँमान्छे निर्माणमा क्यानडाले कायम गरेको किर्तिमान भंग भएको छ । यो महिनाको सुरुमा क्यानाडाको ओटावामा मानिसहरुले एक घण्टामा १२ सय ९९ वटा हिउँमान्छे बनाएका थिए । त्यसअघि सन् २०११ मा अमेरिकामा एक घण्टामा १२ सय ७९ वटा हिउँमान्छे बनाइएको थियो । क्यानडामा बनाइएका हिउँमान्छेको किर्तिमानलाई गिनिज बुकले औपचारिक मान्यता नदिइसकेको हुँदा अहिलेसम्म गिनिज बुकमा उक्त किर्तिमान अमेरिकाकै नाममा थियो । तर अब भने जापानले उक्त किर्तिमानको ताज पहिरिएको छ । जापानको लियामा सहरमा हरेक वर्ष हुने हिमपातको मौसममा हिउँ महोत्सव नै हुने गर्छ । उक्त अवसरमा हिउँका ठूला ठूला मूर्ति नै बनाउने गरिन्छ । यो पटक भने हिउँ महोत्सवकै अवसर पारेर सहरवासीहरुले किर्तिमानी काम गरे । हिउँमान्छे बनाउने कार्यक्रममा आफ्ना अभिभावक सँगै सहभागी भएका ८ वषर्ीय इचिगा ओगुचीले भने, ‘हिउँ खेलाउँदा जिउ कठ्यांग्रिएर निकै गाह्रो त भएको थियो तर निकै रमाइलो भयो । हामीले विश्वकिर्तिमान कायम गर्न सकेकोमा म निकै खुसी छु ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१