यस वर्ष आठ लाख अम्रिसोका बिरुवा रोपिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० असार २०७२, बिहीबार १२:५३

दमौली,१० असार । तनहुँमा यस वर्ष आठ लाख अम्रिसोका बिरुवा रोपण गरिने भएको छ । जिल्ला वन कार्यालयले गत वर्ष आठ लाख अम्रिसो रोपण गरेको थियो । त्यसको प्रतिफल राम्रो पाए पछि यस वर्ष पनि उत्तिनै संख्यामा अम्रिसोका बिरुवा वितरण गर्ने लक्ष्य राखिएको छ । खोरिया फँडानी हुने अन्य गाविसमा पनि विस्तार गर्ने लक्ष्य राखिएको छ । ‘जिल्लाका खोरिया फँडानी हुने सबै ठाउँमा अम्रिसो पु¥याउने लक्ष्य राखेको भन्दै जिल्ला वन अधिकृत रामबाबु पौडेलले यसका लागि काम गरिरहेको बताए । यस वर्ष देवघाट गाविसबाट मात्र यस वर्ष २० लाखको कुचो बिक्री भयो । लुम्बिनी हर्बलका सञ्चालक कृष्ण सापकोटाले ३० टन अम्रिसो भारतको देहरादुन लगेर बेचेको बताए ।
aamअम्रिसोको उत्पादन बढिरहेको भन्दै उनले बजारको सम्भावना प्रशस्तै भएकाले स्थानीयमा चासो देखिएको उल्लेख गरे उनले आफूसंग अत्यधिक माग रहेकाले ठूलो क्षेत्रमा उत्पादन गर्ने वन तथा किसान खोजिरहेको बताए ।
अहिले देवघाट, देउराली लगायतका गाविसमा लगाइएको अम्रिसोले कबुलियती वन ढाकेको छ । अब यसलाई बिस्तार गरेर खोरिया फडानी हुने अन्य गाविसमा पु¥याउने लक्ष्य जिल्ला वन कार्यालयले राखेको छ । काहुँ शिवपुर, कोटा, बैदी लगायतका गाविसमा पनि अम्रिसो खेती विस्तार गरेर कुचो बिक्रीमार्फत किसानलाई आम्दानी दिलाउन प्रेरित गर्ने वन कार्यालयको लक्ष्य छ ।
खोरिया फडानीका क्रममा डढेलो लाग्ने तथा भु क्षयको समस्याका कारण वन विनास भए पछि यसको विकल्पका रुपमा वनले अम्रिसो रोपणमार्फत आम्दानी दिलाउने प्रयत्न थालेको हो । यसले स्थानीय समुदायलाई वातावरण संरक्षणमा लाग्न प्रेरणा मिल्ने विश्वास लिइएको वन अधिकृत पौडेलले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१