सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको सङ्ख्या न्यून

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० असार २०७२, बिहीबार १२:०४

तुलसीपुर, १० असार । सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको सङ्ख्यामा निकै कम रहेको तुलसीपुर नगरपालिका–१० क्वाङीमा रहेको जनकल्याण प्राविले पुष्टि गरेको छ । विसं २०५७ मा स्थापना भएको सो विद्यालयमा अहिले ५५ जना मात्र अध्ययनरत छन् । तुलसीपुर नगरपालिकाले सो विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि रु एक लाख विद्यालयलाई प्रदान गरेको र सो रकमबापत के कति काम भएको छ भन्नेबारेमा बुधबार अनुगमनका क्रममा त्यहाँ पुग्दा विद्यार्थीको सङ्ख्या थाहा भएको हो ।  नगरपालिकाको सुगमठाउँ, बजारदेखि केही टाढा र चारैतिर घनाबस्ती र थारु समुदायको बाहुल्यता रहेको उक्त स्थानमा रहेको विद्यालयमा विद्यार्थी सङ्ख्या देखेपछि अनुगमनमा पुगेका नगरपालिकाका कार्यकारी प्रमुख, दलका प्रतिनिधि पनि अचम्म परेका थिए ।

eduविद्यालयका शिक्षक नुमबहादुर बस्नेतले दिनुभएको जानकारीअनुसार कक्षा १ मा १०, कक्षा २ मा ६, कक्षा ३ मा ९, कक्षा ४ मा १४ र कक्षा ५ मा १० जना रहेका छन् । ती विद्यार्थीलाई पढाउनका लागि पाँच शिक्षक शिक्षिका र एक कार्यालय सहयोगी रहेका छन् । अभिभावकले सरकारी विद्यालयमा पढाउन नचाहँदा विद्यार्थीको सङ्ख्यामा कमी आएको विद्यालयले जनाएको छ । तर स्थानीय शिक्षाप्रेमी छवी चौधरीले भने, ‘आफूहरुले विद्यार्थी सङ्ख्या बढाउन शिक्षण सिकाइलाई सुधार गर्न, घरदैलो कार्यक्रम राख्ने, विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठाइ सुचारु गर्न पटकपटक सुझाव दिएको तर विद्यालय प्रशासनले बेवास्ता गरेको बताउनुभयो ।’ उनले भने– यति ठूलो गाउँमा पनि बर्सेनि विद्यार्थी घट्दै जाँदा शिक्षा कार्यालय पनि बेखबर भएर बसेको छ । गत वर्ष ७७ जना र सोभन्दा अगाडि ९० जना छात्रछात्राले अध्ययन गरेको तथ्याङ्क विद्यालयमा रहेको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१