डिस होमले थप्यो हाई डेफिनेसन च्यानलहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० असार २०७२, बिहीबार १०:३३

dishomeकाठमाडौं,१० असार । डिस होमले आफ्नो सेवालाई थप गुणस्तरीय बनाउनका लागि नयाँ प्रविधिमा आधारित हाई डेफिनेसन च्यानलहरु थप गरेको छ ।
डिस होमले हालै HBO Hits HD, HBO Signature HD / HBO Family च्यानलहरु थप गरेको हो । हाई डेफिनेसन च्यानलहरुमाStar Sports HD1, Star Sports HD2, Ten HD, Sony Six HD, HBOHD , HBO Hits HD, HBO Signature HD, Star Movies HD, Discovery World HD, Colors HD, Life Ok HD, Star Plus HD, Zee TV HD, Zee Cinema HD, Zee TV HD, Star Gold HD / Mtunes HD रहेका छन् । यी १६ वटा हाई डेफिनेसन च्यानलहरुका अलावा डिस होमले ९३ वटा डिजिटल च्यानलहरु समेत प्रसारण गरिरहेको छ । हाई डेफिनेसन पिक्चर अत्यन्त सफा र स्पष्ट हुने भएकाले यो प्रविधिले LCD तथा LED टेलिभिजनहरुको लागि उत्तम मानिन्छ । कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार निकट भविश्यमा नै डिस होमले ३० वटा हाई डेफिनेसन च्यानलहरु प्रसारण गर्ने जनाएको छ । अहिले प्रसारण भइरहेका हाई डेफिनेसन च्यानलहरु ग्राहकको रोजाई अनुसारका प्याकेजमा राखिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१