नवलपरासी, १० असार । नवलपरासीको नारायणी–९ बाघखोरका सर्पको डसाइबाट एक जनाको ज्यान गएको छ । बाघखोरका ६८ वर्षका जगतबहादुर खड्काको सर्पको डसाइबाट ज्यान गएको हो । बुधबार बेलुका घर नजिकै कागती टिप्न जाँदा खड्कालाई सर्पले डसेको थियो । सर्पले टोके लगत्तै चितवनको भरतपुर अस्पताल लगिएका खड्काको उपचारको क्रममा राति ज्यान गएको हो । नवलपरासीको नवलपुर क्षेत्रमा सर्पले डसेको उपचार गर्ने भरतपुर लैजानु पर्ने बाध्याता छ ।
प्रतिक्रिया