एजेन्सी । जारी कोपा अमेरिकी फूटवल प्रतियोगितामा आयोजक राष्ट्र चिली चिर प्रतिद्धन्द्धी उरुग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ । बिहिबार बिहान भएको खेलमा चिलीले ९ जनामा सीमित रहेको उरुग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै अर्को चरण प्रवेश गरेको हो । तनावग्रस्त खेलमा उरुग्वेका कावानी र फुसीले दोहोरो पहेलो कार्ड खादै बाहिरीएका थिए । खेलको ८१औ मिनेटमा म्युरिकिलनो इसलाले गरेको गोल गरेका थिए । कोपा अन्तर्गत भोली बोलिभिया र पेरुले सेमीफाइन प्रवेशलागी भिडन्त गर्ने छन् ।
प्रतिक्रिया