विश्वनिकेतनको ५ कोठे भवन १५ लाखमा बनाईदिने सम्झौता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ असार २०७२, बुधबार १९:४८

11655243_896507980433577_1879057342_nसबिता अधिकारी ,९ असार । विश्वनिकेतन उच्च माध्यामिक विद्यालय,त्रिपुरेश्वरको भवन (श्री ३ जुद्ध भवन) २०७२-०१- १२ गतेको शक्तिशाली भूकम्पले क्षतिग्रस्त भए पश्चात विद्यार्थीहरुलाई पठनपाठनको लागि कक्षा कोठाको अभाव भएकोले नेपाल विद्यार्थी संघ, केन्द्रीय समितिको पहलमा,केन्द्रीय अध्यक्ष आर्किटेक मा.रंजित कर्णको डिजाईनमा एम एशिया च्यारिटेवल ट्रस्ट मार्फत मञ्चन नेपालको आर्थिक सहयोग र सिद्वर्थ ग्रुपअफ हस्पिटालिटि एण्ड म्यानेजमेन्ट प्रा.ली.को संयोजनमा यस विद्यालयमा ५ (पाँच) कोठाको वि.पी. गणेशमान स्मृती भवन निर्माणका लागि नेपाल विद्यार्थी संघ, केन्द्रीय कार्यसमिति र विश्वनिकेतन उ.मा.वि.बीच मिति २०७२ साल आषाढ ९ गते बुधबारका दिन निम्न लिखित बुँदाहरुमा सम्झौता सम्पन्न भयो । १) विद्यालय हाता भित्र बन्ने ५ (पाँच) कोठाको वि.पी. गणेशमान स्मृतीे भवनको सम्पूर्ण खर्च नेपाल विद्यार्थी संघ, केन्द्रीय समितिको पहलमा एम एशिया च्यारिटेवल ट्रस्ट मार्फत मञ्चन नेपालको तर्पबाट रु.१५,००,०००।– (अक्षरुपी पन्ध्र लाख रुपैयाँ) मात्रको लागतमा खर्च व्यहोरिने छ । २) भवन निर्माण स्थल विद्यालयको चमेना गृहसँगै रहेको बगैंचामा उपलब्ध गराउने छ । ३) भवन निर्माण सम्पन्न नभएसम्म रेखदेखदुवै संस्था (विश्वनिकेतन उ.मा.वि. र नेपाल विद्यार्थी संघ) बाट हुनेछ । ४) भवन निर्माणको लागि आवश्यक सरसामान राख्ने स्थान विद्यालयले उपलब्ध गराउने छ । ५) भवनको नाम“वी.पी. गणेशमान स्मृतिभवन”रहनेछ । ६) सम्झौता गरेको मितिले ३ महिना भित्र भवन निर्माण कार्य सम्पन्न गरि विद्यालयलाई हस्तान्तरण गरिने छ । ……………… ………………… निर्मल गिरी मा. रंजित कर्ण प्रधानध्यापक अध्यक्ष विश्व निकेतन उ.मा.वि. को तर्पबाटः– ने.वि.संघ, केन्द्रीय समितिको पत्र सहित ….11541026_896508023766906_2077570833_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१