चितवन, ९ असार । दुग्ध विकास बोर्डले भूकम्पकै कारण दूधको मूल्य नघट्ने भन्दै किसानलाई आश्वस्त पारेको छ । दूध किसानको समस्या बुझ्न चितवन आउनुभएका बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले दूधको मूल्य घट्न नदिने प्रतिबद्धता जनाउनुभयो । होलिडे गर्नु नपर्ने वातावरण निर्माणमा बोर्ड लागेको उहाँले बताउनुभयो । सञ्चालन गर्न कठिनाई भइरहेका उद्योगलाई पब्लिक प्राइभेट साझेदारीको अवधारणामा सञ्चालन गर्नेतर्फ बोर्डको ध्यान गएको उहाँको भनाइ थियो । किसानले सोधेको जिज्ञासामा कार्यकारी निर्देशक पन्तले ‘चितवन मिल्क’मा सरकारी निजी साझेदारीको अवधारणा अनुसार काम गर्नका लागि प्रक्रिया सुरु भएको भन्दै त्यो नभए कुनै नयाँ उद्योग सञ्चालन गरेर भए पनि मिल्क होलिडे नहुने वातावरण बनाउने बताउनुभयो । सोही विषयामा बोर्डले अनुगमन गरेर कृषि मन्त्रालयमा प्रतिवेदन समेत पेस गरेको छ ।
प्रतिक्रिया