एसएलसी नतिजामा भक्तपुर देशकै उत्कृष्ट जिल्ला, काठमाडौँ चौंथो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ असार २०७२, बुधबार ११:२६

काठमाडौं,९ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सञ्चालन गरेको २०७१ सालको प्रवेशिका परीक्षाको नतिजामा भक्तपुर देशकै उत्कृष्ट जिल्ला भएको छ । परीक्षाको नतिजा अनुसार भक्तपुरले ८७.७४ प्रतिशत, मुस्ताङले ८७.५७, ललितपुरले ८.३२, र काठमाडौँले ८५.९० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए ।

slcपरीक्षामा देशभरबाट २२१ विद्यालयको नतिजा शून्य आएको छ । परीक्षामा सबभन्दा बढी अनिवार्य गणित विषयमा ७० हजार ५७ परीक्षार्थी अनुत्तीर्ण भएका छन् । त्यसपछि क्रमशः विज्ञानमा ५६ हजार १०४, अङ्ग्रेजीमा २८ हजार ४० र सामाजिक शिक्षामा २१ हजार ७१३ परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि आगामी साउन २० गतेदेखि पुनः परीक्षा हुँदैछ । परीक्षामा एक विषयमा अनुत्तीर्ण हुने ५५ हजार ४७४ तथा दुई विषयमा अनुत्तीर्ण हुने एक लाख ३७ हजार ५५४ परीक्षार्थी सामेल हुने छन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१