युवतीको नसालु जुसले युवकको छ लाख गायब

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ जेष्ठ २०७१, सोमबार ०५:५१

काठमाडौँ,१२ जेठ ।  जुसमा नसालु पदार्थ मिसाएर खुवाई नगद लुट्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ। सोलुखुम्बु टाक्सिन्दुकी निरू शेर्पाले दार्चुला खलंगा घर भई राजधानी आएका प्रेमसिंह बुढाथोकीलाई नसालु पदार्थ खुवाएर उनको आठ लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ। pakrau-e1399781686227
महानगरीय प्रहरी अपराध महाशाखाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा महाशाखा प्रमुख एसएसपी विजयलाल कायस्थले बुढाथोकीको लुटिएको रकममध्ये ६ लाख २० हजार शेर्पाकै जोरपाटी अत्तरखेलस्थित डोराबाट बरामद भएको बताए।

सुन्धारास्थित सेती महाकाली गेस्ट हाउसमा शेर्पाले बुढाथोकीलाई क्यान जुसमा नसालु पदार्थ मिसाएर खान दिएकी थिइन्। यार्चागुम्बा व्यापारमा लागेका निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक बुढाथोकी र शेर्पाको पहिलो भेट बौद्धमा भएको थियो। भेटघाट बढ्दै गएपछि उनीहरू सुन्धाराकै दोहारी साँझमा पनि पटकपटक गएका थिए।

यही जेठ ७ गते राति बुढाथोकीलाई उनकै बहिनीले उक्त गेस्ट हाउसमा यार्सा बिक्री गरेको रकममध्ये आठ लाख रुपैयाँ दिएकी थिइन्। बुढाथोकीले बहिनीले दिएको पैसा झोलामा राखेका थिए। यसबारे जानकार शेर्पाले जुसमा नसालु पदार्थ मिसाएर बुढाथोकीलाई खान दिएकी थिइन्। त्यसपछि बेहोस बनेका बुढाथोकीको पैसा लिएर उनी भागेकी थिइन्। उजुरीपछि प्रहरीले शेर्पालाई प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१