यी हुन् ‘मोस्ट वान्टेड’ लुटेरा, गहना, रकमदेखि गाडीसम्म लुटपाट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ असार २०७२, बुधबार ०९:१९
काठमाडौं, ९ असार । लामो समयदेखि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका चोरी तथा लुटपाटका घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महासाखा टेकुले मंगलबार पत्रकार सम्मेलन गरी रामेछापका टीका थापामगर, तेजबहादुर तामाङ र चितवनका प्रेम महतो चौधरीलाई सार्वजनिक गरेको हो । अभियुक्तहरुले करोडौं मूल्य बराबरको धनमाल चोरी तथा लुटपाट गरेको प्रहरीले जनाएको छ ।
 उनीहरुले गाडीदेखि मोटरसाइकलसम्म चोरी गर्ने, सुनका गरगहना लुट्ने र बैंक तथा वित्तिय संस्थाहरुबाट रकम निकालेका व्यक्तिहरुलाई पिछा गरी लुट्ने गर्दै आएको प्रहरीले जनाएको छ । उनीहरुले गत माघ २१ गते नयाँ बानेश्वरस्थित ग्लोबल आइएमई बैंकबाट रकम झिकेर स्कुटर चढ्न लाग्दा सरस्वती आचार्यबाट १९ लाख रुपैयाँ लुटेको पनि प्रहरीले जनाएको छ ।
 यो गिरोहले चाबहिलस्थित भाटभटेनीबाट बोलेरो गाडी नै लुटेको र थुप्रै स्थानबाट मोटरसाइकल लुटेको पाइएको पनि प्रहरीले जनाएको छ । उनीहरुले काठमाडौंमा लुटपाट गरेर चिवतवनमा गाडी तथा मोटर बिक्री गर्ने र उतै जग्गामा लगानी गर्ने गरेको पाइएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१