११ को फारम शुल्क २५ रुपैयाँ,प्रवेश परीक्षा शुल्क भने एक सय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ असार २०७२, मंगलवार १७:३९

काठमाडौं, ८ असार । उच्च माविले कक्षा ११ मा भर्ना हुने विद्यार्थीसँग फाराम शुल्क बापत २५ रुपैयाँ मात्रै लिन पाउने भएका छन् । कतिपय उच्च माविले जथाभावी धेरै शुल्क लिएको पाइएपछि उच्च माध्यमिक शिक्षा परिषदले २५ रुपैयाँ मात्रै शुल्क लिन पाउने नियम बनाएको हो । परिषदले मंगलबार सूचना निकालेर प्रवेश परीक्षा शुल्क भने एक सय रुपैयाँ तय गरिएको जनाएको छ । परिषदले बढी शुल्क नलिन उच्च माविलाई सूचित गरेको छ । बढी शुल्क लिएको पाइएमा कारबाही गर्ने चेतावनी समेत सूचनमा उल्लेख गरिएको छ । यस्तै विद्यार्थी तथा अभिभावकलाई पनि तोकेको भन्दा बढी शुल्क नतिर्न र शुल्क बुझाएको रसिद अनिवार्य रुपमा लिन आग्रह गरेको छ । त्यस्तैं उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ र १२ को अध्ययन अध्यापन गराउने अनुमति लिएका ७२ उच्च मावि खारेज गरेको छ । ति उच्च माविहरुलाई कक्षा ११ का विद्यार्थी भर्ना नगर्न र नगराउन भनिएको छ । सम्वधन शाखा प्रमुख गोबिन्द खनियाले उच्च माध्यमिक शिक्षा नियमावली २०५२ को नियम ७ र सम्बन्धनसम्बन्धी विनियम २०५५ को विनियम ६।१ बमोजिम आउँदो साउन १ गतेदेखि लागु हुने गरी सम्बन्धन खारेज गर्न लागिएको जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१