मध्यमवर्गिय मानिसहरुलाई नोकियाको सस्तो स्मार्टफोन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ असार २०७२, मंगलवार १३:२२

नोकिया कम्पनीले विन्डोज ८ अपरेटिङ सिस्टममा चल्ने दुईवटा स्मार्टफोन बजारमा ल्याउन लागेको छ । लुमिया ५२० र लुमिया ७२० गरी दुईवटा स्मार्टफोन मध्यमवर्गिय आयश्रोत भएका मानिसहरुलाई लक्षित गरि ल्याउन लागिएको हो ।

nokiyaलुमिया ५२०
लुमिया ५२० अहिलेसम्मकै सस्तो विन्डोज ८ ओएसमा चल्ने फोन हो । ४ इन्च डिस्प्ले स्क्रीन भएको यस स्मार्टफोनमा १ गिगाहर्जको प्रोसेसर रहेको छ । यसको पछाडी ५ मेघापिक्सलको क्यामेरा रहेको छ भने अगाडी क्यामेरा छैन । पछाडी भएको क्यामेरामा फ्ल्यास नभएर कता कता खल्लो अनुभव भने पक्कै हुनेछ । यसमा ५१२ एमविको र्याम राखिएको छ भने ८ जिबीको इन्टरनल मेमोरी रहेको छ जसलाई ३२ जिबीसम्म बढाउन सकिन्छ । रातो, पँहेलो, निलो, कालो र सेतो गरी ५ वटा रंगमा यो फोन उपलव्ध रहेको छ ।

लुमिया ७२०
नोकिया लुमिया ७२० मा ६.७ मेघापिक्सलको क्यामेरा पछाडीपट्टि राखिएको छ भने अगाडीपट्टि १.३ मेघापिक्सलको क्यामेरा राखिएको छ । यसमा डुयल कोर प्रोसेसर राखिएको छ भने यो विन्डोज ८ को ओएसमा चल्ने गर्दछ । यसको मुल्य भारतीय बजारमा २० हजार हुने अनुमान गरिएको छ । दुवै स्मार्टफोनहरु अप्रिलको मध्यतिर भारतीय बजारमा उपलव्ध हुनेछन् । मुल्यको कुरा गर्ने हो भने लुमिया ५२० को मुल्य भारु १० हजार ५ सय हुनेछ भने लुमिया ७२० को मुल्य अहिलेसम्म निर्धारण गरिएको छैन ।(यसको मुल्य भारतीय बजारमा २० हजार हुने अनुमान गरिएको छ ।) युरोपियन बजारमा यसको मुल्य २४९ युरो पर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१