पोखरा,८ असार । पोखराका आमा समुहले भूकम्पले भत्काएको गोरखाको एक बिद्यालयमा पुगी अस्थायी टहरो निर्माणका लागी जस्तापाता हस्तान्तरण गरेका छन् । गोरखा नगरपालिका ६ को रत्नलक्ष्मी माध्यामिक बिद्यालयमा टहरो निर्माण गर्न ७६ हजार वरावरको १० वण्डल रंगीन जस्तापाता हस्तान्तरण गरेका हुन् । संकल्प आमा समुह र सृजनशिल आमा समुह पोखरा १७को आयोजनामा उक्त जस्तापातासँगै एक लाख रुपया सहयोग गरिएको हो । वाकी २४ हजार विद्यालयका प्रअलाई हस्तान्तरण गर्दै छात्राहरुका लागि सेनेटरी प्याड, साबुन र छुट्टै शौचालय निर्माण गर्न अनुरोध गरे ।
कार्यक्रममा वोल्दै जिल्ला शिक्षा अधिकारी अर्यालले विद्यालयमा त्रिपालमा वसेर पानी परेका वेला पनी पढ्नुपर्ने समस्यालाई जस्ताले समाधान गर्ने भन्दै आमासमुहप्रति आभार व्यक्त गरे । उनले गोरखामा अधिकाशं सवै विद्यालयमा पोखरावाट सहयोग प्राप्त भएको भन्दै सम्पुर्ण पोख्रेलीप्रति पनी आभार गरे । उनले गोरखाका ९० प्रतिशत भन्दा वढी विद्यालय भवन पुर्ण रुपले भत्केको भन्दै टहरा निर्माणमा पोख्रेलीहरुको अतुलनिय सहयोग रहेको वताए ।
त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले सवै आमा समुहले यसरी नै सहयोग गरे भत्केका सवै विद्यालय वन्न वेर नलाग्ने धारणा व्यक्त गरिन् । साथै विद्यार्थीहरुलाई भुकम्पीय डर हटाउन मनोपरामर्श समेत दिएकी थिइन् ।
त्यस्तै आमा समुहका अध्यक्ष द्धय भगवती वराल र लक्ष्मी देवकोटाले मानवताका लागी सेवा गरेको भन्दै आवश्यक परेमा फेरी सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णवहादुर मालवुलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार कैलाशवावु श्रेष्ठले पोखरादेखी विद्यालयलाई सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गरेका थिए भने स्वागत प्रअ त्रिपाठीले र सञ्चालन शिक्षक राजेन्द्र भण्डारीले गरेका थिए । विद्यालयमा १७२ जना विद्यार्थी रहेका छन् भने १४ कोठे भवन भुकम्पले भत्काएपछि विद्यार्थीहरु त्रिपालमुनी वसेर पढ्न वाध्य भएका छन् । उक्त कार्यक्रममा हस्तान्तरण कार्यक्रममा टिका देवी रेग्मी, लइमी वास्तोला, विष्णु केसी,लक्ष्मी शर्मा पोख्रेल,पार्वतीबराल,देवका पोख्रेल,देवी वराल, शुभद्रा वराल, राधीका पौडेल, सुन्दर श्रेष्ठ, प्रेमलाल पराजुली, संगीता वस्नेत,माया केसी, देवी शर्मा, पार्वती वराल लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया