धादिङ्,८ असार । धादिङ्ग बैरेनी खोस्टेखोला पृथ्वी लोकमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट गरी प्रहरीले १ सय ९९ के.जी लागू औषध चरेश सहित ५ जनालाई पक्राउ गरेको छ । काठमाडौँबाट भारततर्फ जादै गरेको युपि ७७ टि ४८१३ नम्वरको डिआई गाडीबाट प्रहरीले सोमबार धादिङ्ग बैरेनी खोस्टेखोला पृथ्वी लोकमार्गबाट १ सय ९७ के.जी. चरेश सहित तीनजनालाई पक्राउ गरेको हो भने त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट २ के.जी.चरेश सहित २ जनालाई आइतबार पक्राउ गरेको हो ।
युपि ७७ टि ४८१३ नम्वरको डिआइ गाडीलाई बैरेनी खोस्टेखोलामा प्रहरीले चेकजाँच गर्दा सेतो टेपले बेरेको अवस्थामा ५ सय ग्रामको ८० थान र हजार ग्रामको १ सय ५७ थानमा रहेको उक्त चरेश र नगद ८७ हजार ३ सय नेपाली तथा ८ हजार भारतीय रुपैया बरामद भएको थियो यसैगरी स्विजरल्याण्ड जान लागेका ६२ बर्षीय वेट पार्लर नाम गरेका स्वीस नागरिक र निजको श्रीमती भन्ने कास्की लेखनाथ नगरपालिका–१ घर भएकी ४२ बर्षीया कल्पना सार्कीलाई प्रहरीले २ के.जी. लागू औषध चरेश सहित पक्राउ गरेको छ । कतार एयरको क्यूआर ६५१ नम्वरको उडानद्धारा दोहा हुदै स्विजरल्याण्ड जान लागेका उनीहरुलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको एक्सरे डिपाचरमा प्रहरीले चेकजाँच गर्दा लगेज व्याग भित्र च्यावनपरासको बट्टामा लुकाई छिपाई राखेको अवस्थामा उक्त चरेश बरामद भएको थियो ।
प्रतिक्रिया