काठमाडौँ ,८ असार । बोष्टर मिडियाले आयोजना गरेको सात दिने सकारात्मक सोच तथा नेतृत्व विकाससम्बन्धी तालिम सम्पन्न भएको छ। १ हप्ता संचालन भएको तालिममा समापन गर्दै बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाले मानिसको सोच सबैभन्दा ठूलो शक्ति भएको धारणा राख्नुभयो । ढुंगानाले मानिस सफल-असफल, दुखी-सुखी बन्नुको आधार नै सोच भएको बताउँदै सकारात्मक सोच राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उनले शारीरिक, मानसिक, सामाजिक सफलताका लागिसमेत आध्यात्म आवश्यक पर्ने कुरामा जोड दिदै मानिसको शक्ति अलौकिक हुने भन्दै सबैले आफूभित्रको शक्तिलाई चिनेर अगाडि बढ्नुपर्ने बताउदै ,सकारात्मक सोचका कारण मानिसमा जोश, जाँगर र आत्मविश्वास पैदा हुने बताए। उनले बिहान मुख्य समाचार नकारात्मक भयो भने दिन नै उदास हुन सक्ने भएका कारण सबै सञ्चार माध्यमले बिहान मुख्य समाचारको रूपमा सकारात्मक समाचार सम्प्रेशण गर्नुपर्ने बताए।तालिमको विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो । प्रशिक्षण दिनेहरुमा दर्शन रौनियार ,श्रीकृष्ण सिम्खडा ,डा पियुस मिश्र ,दीपक धिताल ,कृष्ण कटेल लागएतले दिएका थिए तालिमको अन्तिम दिन बोष्टर मिडियाले प्रमाण पत्र बितरण गरेको थियो । तालिममा २ दर्जन भन्दा बढीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया