नवलपरासी, ७ असार । नवलपरासीेको मिथुकरममा सर्पको डसाइबाट एक जनाको ज्यान गएको छ । मिथुकरम–३ की १४ वर्षकी मनिषा गैरेको सर्पबाट ज्यान गएको हो । आइतबार राति पिसाब गर्न बाहिर निस्केको बेला मनिषालाई सर्पले डसेको थियो । तनुहँको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउँदा उनलाई केन्द्रले मृत घोषणा गरेको मामा देविलाल सार्कीले बताउनुभयो । नवलपरासीको पहाडी भेगमा तत्काल सर्पदंशको उपचार केन्द्र स्थापना गरी यहाँका बासिन्दालाई सुबिधा दिनुपर्ने गाउँलेको माग छ ।
प्रतिक्रिया