शिक्षकले सिक्न थाले कम्प्युटर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ जेष्ठ २०७१, आईतवार १०:४७

११ जेठ, जाजरकोट । पाठयक्रममै कम्प्युटर शिक्षा राखेको एक वर्षपछि जाजरकोटका शिक्षकहरु बल्ल कम्प्युटर सिक्न थालेका छन् । जिल्लाका अधिकांश विद्यालयमा कम्प्युटर विषय पढाउने शिक्षकहरु अहिले सदरमुकामका इन्स्टिच्युटमा धाउन थालेका छन्

computerजिल्ला शिक्षा कार्यालयले सञ्चालन गरेको कम्प्युटर अध्यापन हुने विद्यालयका लागि १० दिने आइसिटी क्षमता विकाससम्बन्धी तालिममा सहभागी भएपछि धेरै शिक्षकले कम्प्युटर सिक्न थालेका हुन् । तालिममा कम्प्युटर खोल्न, बन्द गर्न, फाइल बनाउन, डाटा राख्न र इन्टरनेट सञ्चालन गर्न सिकेका शिक्षकहरु कम्प्युटरसम्बन्धी थप दक्षता हासिल गर्न कम्प्युटर इन्स्टिच्युट जान थालेका हुन् ।

हालै जिल्ला शिक्षा कार्यालयले ११५ जना शिक्षकलाई कम्प्युटरसम्बन्धी १० दिने तालिम दिएको छ । तालिम लिएका शिक्षक कार्यरत विद्यालयलाई कम्प्युटर खरिद तथा पूर्वाधार विकासका लागि प्रतिविद्यालय एक लाख ४० हजार रुपैयाँ प्रदान गरिने जिल्ला शिक्षा अधिकारी गिरमान थापाले जानकारी दिए ।

थापाले बिस्तारै सबै विद्यालयमा कम्प्युटर तथा इन्टरनेटको व्यवस्था र यससम्बन्धी एकजना तालिम प्राप्त शिक्षकको व्यवस्था गर्ने लक्ष्य रहेको बताए । विद्युत्को अभावका कारण यस जिल्लाका धेरैजसो विद्यालय कम्प्युटरविहीन छन् भने शिक्षकहरुमा पनि यससम्बन्धी ज्ञान र सीपको अभाव छ । विद्यालयमा सञ्चार प्रविधिको विकास गरी पठनपाठनमा गुणस्तरियता ल्याउने सरकारी लक्ष्य रहे पनि जाजरकोटजस्ता दुर्गम जिल्लाका लागि यो कार्यक्रम सफल बनाउनु कम चुनौतीपूर्णर् नभएको सरोकारवालाको भनाइ छ ।

विद्यार्थीहरुले अघिल्लो शैक्षिकसत्रमा कम्प्युटरको किताब नै नपढिकन परीक्षा दिएका थिए । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१