काठमाडौं,७ असार । धादिङको पिडा गाविस वडा नम्बर ८ मा विषादी मिसिएको मकैको ढिडो खाएर एकै परिवारका ४ जना गम्भिर बिरामी परेका छन् । मकैको ढिडो र गुन्द्रुक खाएका ८५ बर्षिय लालवहादुर तामाङ, १५ वर्षिया नक्कली तामाङ, ४१ बर्षिया सानीमाया तामाङ र ४० वर्षिय सुनवहादुर तामाङ बिरामी परेका हुन् । उनीहरुको राजधानीको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबैको आइसियुमा राखेर उपचार भइरहेको अस्पतालका प्रशासकिय अधिकृत नवराज रुपाखेतीले बताउनुभयो । लालबहादुरको अवस्था भने चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । दिउसो ढिडो खाए लगत्तै छटपटाउन थाले पनि दुर्गम बस्ती भएका कारण उनीहरुलाई राती १२ बजे मात्र अस्पताल ल्याइएको थियो ।
प्रतिक्रिया