शिक्षालाई समय अनुसार बनाउन ऐन परिमार्जनको आवश्यक –शिक्षामन्त्री यादव

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ असार २०७२, सोमबार १०:०८

नारायण रिजाल
बागलुङ, ७ असार । शिक्षा मन्त्री चित्रलेखा यादवले अहिलेको परिवेशमा रहेको शिक्षालाई समय अनुकुल वनाउन शिक्षा ऐन परिमार्जनको आवश्यक रहेको वताउनुभएको । धवलागिरी बहिरा आवसीय माध्यमिक विद्यालय बागलुङको मुख्य भवनको उद्घाटन गर्न आइतवार बागलुङ आउनुभएका मन्त्री यादवले हो । शिक्षा क्षेत्रलाई समयक्रम अनुसार राज्यले व्यवस्थित गर्नुपर्ने आवश्यकता भएता पनि त्यसो हुन नसकेको भन्दै यसलाई तत्काल परिमार्जनका लागि आफुहरु लागिपरेको समेत बताउनुभयो ।  मन्त्री यादवले लामो समयसम्म शिक्षा ऐन संशोधन नहुँदा शिक्षा क्षेत्रमा अन्यौल र विकृति वढ्दै गएकोले ‘फास्ट ट्रयाक’वाट भएपनि शिक्षा ऐन जारी गरिनुपर्ने बताउनुभयो । शिक्षा क्षेत्र मुलुकको मूख्य मेरुदन्ड हो, मन्त्री यादवले भन्नुभयो‘यसका लागि सरकार मात्र नभएर सम्पुर्ण पक्षको साझा प्रतिवद्धता आवश्यक रहेको छ ।
chitraउहाँले मूलुकमा व्यवस्थित रुपमा कहि कतै पनि फरक क्षमता भएका बालवालिकाहरुलाई अध्ययन अध्यापन गराउन अलि कठिनाई भएको भन्दै उच्च शिक्षा अध्ययनका लागि समेत राज्य उचित खाकाको तय गर्नुपर्ने धाराण व्यक्त गर्नुभयो ।  ’विसं २०६४ सालमा अनुमति लिएर सञ्चालन भएको विद्यालयले छोटो समयमै प्रगति गरेको प्रंसंसा गर्दै यादवले फरक क्षमता भएका बालवालिकाहरुलाई दिर्घकलिन रुपमा व्यवस्थापन गर्ने लक्ष्य सहित अघि वढेमा उनिहरु राज्यको गहनाको रुपमा बिकास हुने बताउनुभयो ।

यादवले शिक्षा दिएर मात्र अव नपुग्न बताउदै मन्त्रि यादवले त्यसलाई गुणस्तरमा परिणत गर्नुपर्ने बताउनुभयो । नेपालको शिक्षालाई थप प्रभाकारी बनाउन सवै क्षेत्रको आवश्यकता पर्ने उहाको भनाइ छ ।  मन्त्री यादवले मुलुकका सवै बालबालिकाहरुलाई शिक्षा सुनिश्चित गर्न सरकार क्रियाशिल रहेको बताउनुभयो हो । उहाले् सवैका लागि शिक्षा अन्तराष्ट्रिय अनुरुप नेपालका बिद्यार्र्थीहरुलाई ज्ञान र व्यवहारीक शिक्षा दिन सरकार जुटिरहेको बताउनुभयो । बिद्यालयमा दरवन्दि अनुसारका शिक्षक नहुदा समेत बालबालिकहरुलाइ उचित शिक्षा दिन समस्या परको अबको दिनमा अधिकाशं बिद्यालयमा दरवन्दि अनुसार शिक्षक परिपुत्र्ति गर्दैै लैजाने बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१