प्रेस युनियनले पत्रकारलाई सम्मान गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ जेष्ठ २०७१, आईतवार ०७:१०
महेन्द्रनगर, ११  जेठ । नेपाल प्रेस युनियन कञ्चनपुरले पत्रकारिता पेशामा सक्रिय तीन पत्रकारलाई सम्मान गर्ने भएको छ । प्रेस युनियनको शुक्रबार बसेको आगामी जेठ १५ गते हुने पाँचौ अधिवेशनमा तीन जनालाई सम्मान गर्ने निर्णय गरेको हो ।

 युनियनले पत्रकार छनौटका लागि अध्यक्ष चक्र महताको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । युनियनका सचिव केशव साउँदले समितिले छनौट गरेका आधारमा अधिवेशन उदघाटन समारोहमा सम्मान गरिने बताए  ।

Nepal Press Union

युनियनको तीन वर्षे आगामी नेतृत्वका लागि पाँच जना प्रतिस्पर्धी देखिएका छन् । अध्यक्षमा आकांक्षी बढी देखिएपछि अहिलेदेखि नै सर्वसम्मत नेतृत्व चयनको प्रयत्न थालिएको छ ।
वर्तमान अध्यक्ष महता, उपाध्यक्ष दमन चन्द, हरिश भट्ट लगायतले आकंक्षा देखाएका छन् । युनियनले जेठ १३ गतेसम्म आफ्ना सबै साधारण सदस्यहरुको सदस्यता नवीकरण गराउने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री डाक्टर मीनेन्द्र रिजालले अधिवेशन उद्घाटन गर्ने सचिव साउँदले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१