दृष्टिविहीन दिदीबहिनी उत्तीर्ण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७२, आईतवार १५:५९

इलाम, ६ असार । इलाम सदरमुकामस्थित आदर्श उच्च माविमा परीक्षा केन्द्र भए पनि भगवती उमावि गोलाखर्कबाट परीक्षा दिएका दृष्टिविहीन दिदीबहिनी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी प्याङ घर भई इलाम सदरमुकामस्थित बालमन्दिरमा अध्ययनरत रीना र मीना थेबेले दोस्रो श्रेणीमा परीक्षा उत्तीर्ण गरेका हुन् । आदर्श उमाविमा परीक्षा केन्द्र कायम भए पनि करिब आधा घन्टाको दूरीमा रहेको भगवती उमाविबाट परीक्षा दिएका थिए ।

SLCयसैगरी प्रवेशिका परीक्षामा इलामका सात वटा सामुदायिक विद्यालयको नतिजा शून्य भएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार जनता उमावि चिसापानी, प्रवोध मावि मावु, समालबुङ मावि समालबुङ, युवावर्ष मावि दानाबारी, विद्यासिर्जनात्मक मावि बाँझो, कृष्ण मावि लक्ष्मीपुर र शिवमाई मावि नयाँबजारको नतिजा शून्य भएको हो । जनता उमावि, विद्यासिर्जनात्मक माविले लगातार नतिजा शून्य ल्याएका छन् । गत वर्ष १३ विद्यालयको नतिजा शून्य आएको थियो ।

यसैगरी जिल्लाका नौ वटा संस्थागत विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन् । सिंहवाहिनी, माउण्ट मेची, सुनाखरी, पिसल्यान्ड, प्रज्ञासदन, मन्टेश्वरी, हेरिटेज, बौद्धिक विकास बोर्डिङ स्कुल र अन्तु एकाडेमी पशुपतिनगरले शतप्रतिशत नतिजा ल्याएको जिशिकाले जनाएको छ । यस वर्ष एसएलसीमा ८७ वटा सामुदायिक, ३६ वटा संस्थागत र एकरएक वटा प्राविधिक शिक्षा र खुल्ला विद्यालय सहभागी भएका थिए । गत वर्षभन्दा १६ प्रतिशतले उत्तीर्ण दर वृद्धि भएको जिशिकाका परीक्षा फाँटका अम्बिका खनालले जानकारी दिए । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१