काठमाडौ । विश्वभर फिफा वल्र्डकपको सरगर्मी विस्तारै बढ्न थालेको छ । जुन १२ बाट बाज्रिलमा हुन गइरहेको फिफा वल्र्डकपमा सबैको नजर केही यस्ता खेलाडीहरुमा छ जसले लिगबाट धेरैको मन जित्न सफल भएका छन् । विगतमा भएका फिफा वल्र्डकपमा धेरै यस्ता खेलाडीहरु उदाए जसका कारण वल्र्डकपपछि पनि उनीहरुको खुब ठुलो चर्चा रह्यो । तर पहिला नै चर्चामा रहेका खेलाडीहरुले वल्र्डकपमा गरेको प्रर्दशनले फुटबलप्रेमीहरुलाई निराश बनाएका थिए । ब्राजिलमा हुनगइरहेको बल्र्डकपमा फेरि एकपटक केही यस्ता खेलाडीहरुप्रति फुटबल फ्यानहरुको ध्यान अडिनेछ । केही त्यस्ता १० उत्कृष्ट खेलाडीहरुछन् जसले फिफा बल्र्डकपमा चत्मकार गर्ने विश्वास लिइएको छ ।
१. लियोनल मेस्सी, अर्जेन्टिना अर्जेन्टिनाको कप्तानी सम्हालेका तथा चार वर्ष लगातार फिफा वर्ष खेलाडीको रुपमा घोषित खेलाडी लियोनल मेस्सीले आसन्न फिफा वल्र्डकपमा आफ्नो देशलाई सानदार विश्वकप दिलाउने विश्वास उनका फ्यानहरुले बनाएका छन् । २६ वर्षीय यी खेलाडीको कुरा गर्ने हो भने बार्सिलोना क्लबबाट निकै उत्कृष्ट प्रदर्शन गरेतापनि आफ्नो देशबाट गतिलो प्रदर्शन नगरेको आरोप लाग्दै आइरहेको छ । बार्सिलोनाबाट लगातार ५ सिजन ४० गोल गरेका मेस्सीले ब्राजिलमा हुने वल्र्डकपमा अर्जेन्टिनाका लागि चमत्कारिक खेल प्रर्दशन गर्ने विश्वास राखिएको छ ।
२. क्रिस्यानो रोनाल्डो, पोर्चुगल यो साल निकै चर्चामा रहेका पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्यानो रोनाल्डो पनि आफ्नो देशलाई विश्वकप दिलाउने दाउमा रहेका छन् । पोर्चुगलले विश्वकपमा खासै गतिलो प्रदर्शन गरेको छैन । रियल मड्रिडमा यो सिजनमा उत्कृष्ट खेल प्रर्दशन गरेका २९ वर्षीय यि खेलाडीले यो साल फिफा वर्ष खेलाडीबाट पनि सम्मानित भएका थिए । निकै आक्रामक खेल खेल्न रुचाउने यि खेलाडी दर्शकमाझ निकै चर्ची रहेका छन् ।
३. रोविन भ्यान पर्सी, नेदरल्याण्ड नेदरल्याण्ड तथा म्यानच्यास्टर युनाइटेडबाट निकै राम्रो खेल प्रर्दशन गरेका स्टाइकर भ्यान पर्सी पनि दर्शकहरुले निकै रुचाएका खेलाडी हुन् । सन् २०१० मा सम्पन्न वल्र्डकपमा फाइनलको यात्रा तय गरेको नेदरल्याण्डका लागि भ्यान पर्सी धेरैले आश गरेका खेलाडी हुन् । ३० वर्षीय यि खेलाडी २०१२ तथा २०१३ को लिगमा सर्वाधिक गोल गरेका थिए । यो सिजन धेरै घाइते भएका भ्यान पर्सी वल्र्डकपमा लागि फिट रहेको बताइएको छ ।
४. राधाम फाल्काओ, कोलमबिया कोलमवियन तथा फ्रेन्च क्लब एएस मोनाकोबाट उत्कृष्ट खेल प्रर्दशन गरेका पुर्व एथ्लेटिको मड्रिडका २६ वर्षिय स्टाइकर राधाम फाल्काओ पनि दर्शकहरुले सर्वाधिक रुचाइएका खेलाडीमा पर्दछन् । यो सिजन बि डिभिजनबाट एएस मोनाकोलाई च्यापियन्स लिगका लागि छनौट गर्न सफल भएका राधाम फाल्काओको अन्तराष्ट्रिय खेल पनि निकै राम्रो रहेको छ । विभिन्न ठुला क्लबहरुले आफ्नो क्लबमा अनुबन्ध गर्न उनलाई खोजिरहेका छन् ।
५. वायन रोनी, इंङल्याण्ड इङल्याण्डबाट राम्रो खेल प्रर्दशन गर्दै आइरहेका स्टाइकर वायन रोनीले यो वर्ष ब्राजिलमा हुने फिफा वल्र्डकपमा इङल्याण्डको भाग्य बदल्ने उनका फ्यानहरुलाई लागेको छ । यो सिजन म्यानच्यास्टर युनाइटेडबाट उत्कृष्ट खेल खेलेका वायनको खेल धेरै दर्शकहरुलाई मनपर्छ । उनी चर्चामा आउनुको कारण पनि उनी चाडो रिसाउने बानी पनि हो । २८ वर्षिय यि खेलाडीले फिफा वल्र्डकपमा दर्शकहरुको मन जित्न ग्रुप अप डेथमा रहेको आफ्नो राष्ट्रलाई अर्को चरणमा पुर्याउने आश गरिएको छ ।
६. लुइज स्वारेज, उरुग्वे सन् २०१० को फिफा वल्र्डकपमा निकै विवाद र चर्चाको घेरामा रहेका खेलाडी हुन् उरुग्वेका आक्रामक स्टाइकर लुइज स्वारेज । २७ वर्षिय यि खेलाडीको जति खेलको प्रर्दशन हुन्छ त्यो भन्दा बढी उनले खेल मैदानमा गर्ने अनावश्यक हर्कतको हुन्छ । कहिले रंगभेदको आरोप लागेका त कहिले अरु खेलाडीको हातमा टोक्ने गरेका स्वारेज उरुग्वेका लागि भरपर्दा खेलाडी हुन् । धुडाको चोटका कारण खेल्ने नखेल्ने टुंगो नलागेका यि खेलाडीको खेल हेर्न दर्शकहरु आतुर रहेका छन् ।
७.नियमार, ब्राजिल ब्राजिलमा सानो उमेरमै निकै ठुलो चर्चा पाएका २३ वर्षिय नियमार स्पेनिस क्लब बार्सिलोनाबाट खेल्ने गर्छन् । उनको बल छक्याउने तथा पेसका कारण उनले छोटो समयमा नै धेरै दर्शकहरुको मन जित्न सफल भए । आफ्नै घरेलु मैदान फिफा वल्र्डकप हुने भएतापनि उनका फ्यानहरु विश्वभर रहेका छन् ।
८. फ्रयांक रिभेरी, फ्रान्स फ्रान्सका लागि आइकन बनेका खेलाडी हुन् फ्रयाक रिभेरी । हेर्दा खासै आकर्षित रुप नभएका रिभेरीको खेल भने दमदार हुने गरेको छ । फिफा वर्षका लागि छानिएका रिभेरीले जर्मन क्लब वार्यन म्युनिखबाट खेल्ने गर्छन् । ३२ वर्षिय यि खेलाडीले वार्यनबाट च्यापियन्स लिग तथा बुडेन्सा लिग जितेका छन् । क्लबबाट निकै सानदार खेलेका र सफल मानिएका रिभेरीले यस फिफा वल्र्डकपमा पनि उत्कृष्ट खेल खेल्ने आश गरिएको छ ।
९.आइकर काशिलस, स्पेन स्पेनमा चर्चामा रहेको ३३ वर्षिय गोलरक्षक आइकर काशिलसको खेल धेरैले मनपराउने गरेका छन् । गएको दुई सिजन रियल मड्रिडमा गतिलो स्थान नपाएका काशिलसलाई स्पेनको राष्ट्रिय टिममा रिपलेश गर्ने अर्को खेलाडी अहिलेसम्म देखिएको छैन । युरो कप दुई पटक र वल्र्डकप एकपटक लगेको स्पेनका लागि निकै भरपर्दो खेलाडी हुन् काशिलस । ब्राजिलमा हुने वल्र्डकप पनि जित्ने होडमा रहेको स्पेन इतिहास रच्ने दाउमा रहेको छ ।
१०. मारियो बालोटेली, इटाली निकै रिसाहा स्भावका बालोटेली इटालीका एक भरपर्दा खेलाडी हुन् । फिनिसिङ राम्रो भएका खेलाडीमा गनिने बालोटेलीले गएको युरो कपमा जर्मन विरुद्धको खेलमा दुई गोल गरेका थिए । त्यो खेलबाट चर्चा बटुलेका २४ वर्षिय खेलाडीको खेल हेर्न दर्शकहरु लालायित रहेका छन् । उनको हेयर स्टाइलबाट प्रभावित दर्शकहरुले उनको खेललाई निकै मनपराउने गरेका छन् ।
प्रतिक्रिया