झापाको गौरादहमा बृक्षारोपण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७२, आईतवार १५:०७

briगौरादह,६ असार । आईतबार पहिलो अन्तराष्ट्रिय योग दिवस । नेपाल लगायत अन्य देशहरुमापनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । दिवसकै अवसरमा आईतबार पतञ्जली योग समिति झापा क्षेत्र नम्बर ६ ले झापाको गौरादहमा बृक्षारोपण गरेको छ । उद्योग वाणिज्य संघको भवन अगाडी र निर्माणाधिन अतिथि सदन वरपर बृक्षारेपण गरिएको हो । टिक, मसला, सालका बिरुवा रोपिएको पंतञ्जली योग समिति झापा क्षेत्र नम्बर ६ का संयोजक निर्मल बास्तोलाले जानकारी दिनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्तावअनुसार संयुक्त राष्ट्र संघले हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योगा दिवस मनाउने घोषणा गरेपछि विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो । यसैबीच प्रधानमन्त्री सुशील कोइरालाले पहिलो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१