प्रधानमन्त्री ज्यू, ओली र प्रचण्डलाई फकाएर राख्नुहोस् !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७२, आईतवार १४:११

महाभूकम्पले प्रमुख चार राजनीतिक दललाई केही समयदेखि एक ठाउँमा बस्न बाध्य बनाई दिएका छन् । प्रमुख चार दल नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशवादी दलहरु भूकम्प पीडितका लागि राहत, पर्नुस्थापना, पुननिर्माण र साथसथै नयाँ संविधान जारी गर्नका लागि एकढीका भएका छन् । नेपाली काँग्रेसको नेतृत्वमा नेकपा एमाले सहितको केही दलहरु सरकारमा रहेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली आफू प्रधानमन्त्री बन्नका लागि एमाओवादी र मधेशवादी दलसँग साँठगाँठ गरेर वर्तमान प्रधानमन्त्री सुशिल कोइरालाको सरकार ढाल्ने सपना तुहिएको छ ।

Prachanda-Sushil-Koirala-and-kp-oliएमाओवादी र मधेशवादी दलहरु केपी ओली खुरापाती दिमाग भएको मान्छे सँग विश्वास गर्नुहुँदैन । विगत केही समयअगाडि केपी ओलीसँग एमाओवादी र मधेशवादी दलहरु त्रसित बनिसकेकाले केपी ओलीको नेतृत्वमा कुनै पनि हातलमा जानु हुँदैन भन्ने तर्क रहेका छन् । प्रधानमन्त्री सुशिल कोइरालालाई असफल बनाउँदै राष्ट्रिय सरकारको रटान रट्ने केपी ओलीलाई एमाओवादी र मधेशवादी दलले विश्वास गर्न छोडेका छन् । भूकम्प पीडितलाई राहत, पुर्नस्थापना, पुर्ननिर्माण सँगसैगै नयाँ संविधान जारीका लागि पहल गर्ने समयमा कोइरालाको सरकार ढाल्नमा ओली पूर्ण रुपमा सक्रिय भएको देखिन्छ । केपी ओलीको प्रधानमन्त्री बन्ने इच्छालाई एमाओवादी र मधेशवादी दल तुहाइदिएका छन् । प्रधानमन्त्री सुशिल कोइरालाले केही दिन अगाडि असार मसान्त भित्र संविधान जारी भए साउन १ गते नै राजनीनामा दिने बताउनुभएको थियो । आपत् र विपतको बखतमा वर्तमान सरकारलाई सबै दलहरुले सहयोग गर्ने बखतमा आ–आप्mनो दलको एजेण्डा बोकेर वर्तमान सरकारलाई असफल बनाउन पूर्ण रुपमा सक्रिय भएका छन् । नेपाली काँग्रेसको केन्द्रीय समिति र संसदीय दलको बैठकले संविधान जारी नभएसम्म कुनै पनि हालतमा सरकार छोड्न नहुने निष्कर्ष निकालेका थिए ।

आपत र विपत्को बखतमा सबै दलहरुले वर्तमान सरकारलाई सहयोग गर्न नेपाली काँग्रेसले आग्रह गरेका थिए । उता नेकपा एमाले पोलिट्व्यूरो रसंसदीय दलको बैठकले वर्तमान सरकारलाई नै सहयोग गरेर अगाडि बढ्न दबाब दिएतापनि केपी ओलीको प्रधानमन्त्री बन्ने चाहनाले वर्तमान सरकारालाई असफल बनाउन खोजेको आरोप लगाएका छन् । नेकपा एमाले उपाध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री कोइरालाको नेतृत्वमा रहेको सरकारलाई पूर्ण रुपमा सहयोग गर्न नेकपा एमालेलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको लालची रहेका ओली र वामदेव गौतमबीच टकराब देखिएको छ । वामदेव गौतमलाई समेत असफल बनाउन ओली पूर्ण रुपमा लागी परेका छन् । केही दिनदेखि प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशवादी मोर्चाबीच पटक पटक भएको विशेष बैठकले धेरै सहमति गरेका छन् । प्रमुख चार दलको शीर्ष नेताहरुको बैठकले राहत, पुर्नस्थापना, पुर्ननिर्माण र साथसाथै नयाँ संविधानको विषयमा व्यापक छलफल भईरहेका छन् । काँग्रेस र एमाले ६ देखि ८ प्रदेशले ल्याएको प्रस्तावमा एमाओवादी र मधेशवादी दलहरु लगभग सहमत भएका छन् । शासकीय स्वरुप लगायतको विषयमा लचकता अपनाउँदै असार मसान्त भित्र सहमति गरेर संविधान जारी गर्न तयारीमा दलहरु रहेका छन् ।

केही दिन देखि लगातार बसेको प्रमुख चार दलको बैठक बीचमा सकारात्मक सुझाव र संकेत देखापरेका छन् । नेताहरु बाहिर सभा सम्मेलनमा सरकारको विरुद्धमा बोलेपनि बालुवाटारको बैठकमा सकारात्मक संकेत दिंदै आएका छन् । केपी शर्माको बोली हावाको गोली जस्तै तुकन ताकको रहेको पार्टीका नेताहरुले प्रतिक्रिया दिएका छन् । नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकारलाई संविधान जारी नगरेसम्म कुनै पनि हालतमा छुटिन नहुने नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले चेतावनी दिंदै आएका छन् । महाभूकम्पका कारण देश प्रतिकूल अवस्थामा रहेकाले पीडित जनतालाई राहत उपलब्ध नगराएसम्म सरकार नछोड्ने गौतमको चेतावनी रहेका छन् । हुन त वामदेव गौतमले आप्mनो गृहमन्त्रालय बचाउनका लागि जेपनि बोल्दै गरेका छन् ।

तर सरकार नढलोस् भन्ने वामदेवको चाहना लाई हामीले धन्यवाद दिनै पर्छ । नेपाली काँग्रेसको सरकार भएकाले राष्ट्रिय र अन्तराष्ट्रिय रुपबाट अर्बौ अर्बको सहयोग प्राप्त गरेका छन् । आज नेपाली काँग्रेसको सरकार नभएको भए अमेरिका, भारत, चीन लगायत ३४ राष्ट्रले पूर्ण मात्रामा सहयोग गर्दैनथ्यो होला । गरिब देशका गरिब प्रधानमन्त्री भएका कारण विश्व समुदायले आत्मा खोलेर नेपाललाई खर्बौ खर्बको सहयोग गरेका छन् । हुन त विश्वको धेरै देशमा काँग्रेसको सरकार छ ।

-जेपी गुप्ता ‘मायालु’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१