तीन वर्षीय बालकले पिउछन् दैनिक ६० वटा चुरोट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७२, आईतवार १२:५३

सामान्य मानिसले दैनिक कति सिगरेट पिउँछन होला ? १०,१५,२० खिल्ली सम्म । तपाईंले गर्ने अनुमान यस्तै होलान् । तर, एक जना तीन वर्षीय बालकले पिउने चुरोटको संख्या सुन्नुभयो भने तपाईं आश्चर्यचकित हुनु हुनेछ । किनकी उनले सबैको अनुमानलाई गलत सावित गरिदिँदै दैनिक ६० खिल्लीसम्म सिगरेट पिउँछन् । इन्डोनेशियाको पश्चिम जावामा बस्ने दिहान वलिदान नाम गरेका बालक दैनिक ६० खिल्ली सिगरेट पिउँछन् । हाल सात वर्षका ती बालकले तीन वर्षको उमेरदेखि नै उक्त संख्यामा सिगरेट पिउने गरेको उनका बाबु आमालाई उद्धृत गर्दै एजेन्सीहरुले खबर लेखेका छन् ।

balak अचम्म त के छ भने ती बालकले तीन वर्षको उमेर देखि नै देनिक तीन वटा सिगरेटका प्याकेट सिध्याउने गरेको र उनको आवश्यकता पूरा गर्न उनले घरमा चोरी समेत गर्ने गरेका थिए । हिजोआज भने भने ती बालक आफ्नो नराम्रो लतका कारण निकै निराश बन्ने गरेको समाचारमा जनाइएको छ । चाहेर पनि आफ्नो बानीलाई हटाउन नसकेका कारण उनी निराश बनेका हुन् । हाल उनले आफ्नो बानीलाई केही सुधार आफूले पिउँदै आएको सिगरेटको संख्यालाई १६ मा झारेका छन् । बिर्सने तथा तनावमा पर्ने समस्याका कारण चुरोट सेवन गर्न बाध्य भएको ती बालकले बताउने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१