काठमाडौं, ६ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपत्यकाका तीन वटै जिल्लालाई गरिएको संकटग्रस्त क्षेत्र घोषणाले पर्यटन गतिविधिमा असर नपार्ने दाबी गरेको छ । काठमाडौंका पुरातात्विक महत्वका पर्यटकीय सम्पदाहरुमा नेपाली मौलिकता नहराउने गरी समयमै पुनर्निर्माण गरी पुर्ववत् वा सो भन्दा राम्रो अवस्थामा ल्याउने उद्देश्यले पुनर्निमार्ण कार्यलाई सहज बनाउन मात्र उपत्यकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको मन्त्रालयले जनाएको छ । नेपालका धेरै क्षेत्र पोखरा, चितवन, लुम्विनी, नेपालगंज, बर्दिया, शुक्लाफाँट लगायतका पर्यटकीय क्षेत्र पूर्णतः सुरक्षित रहेकाले नेपाल भ्रमण गरी नेपालको पुनर्निमार्णमा सहयोग गर्न पनि मन्त्रालयले पर्यटकहरुलाई अपिल पनि गरेको छ ।
प्रतिक्रिया