उनले आफु अमेरिकामा नै बसेर पनि एक दिनमै काण्ड पुराउन सक्ने भन्दै ‘तलाई मार्न म आइरहन पर्दैन म यतै बाट गर्न सक्छु’ पनि भनेका छन् । उनले बारम्बार रेखा थापा संग आफ्नो नाम नजोड्न भने पनि ‘रेखा अहिले म संग नै छे,तलाई फोटो चाहियो फोटो पठाइदिउ’पनि भनेका छन् । ‘अभिनेत्री रेखा थापा प्रेमी सुदर्शन गौतम संग रहेको श्रोत बताउछ’ भन्ने बुदामा नै उनले मुद्दा बनाएर धम्काए पनि उनि आफैले रेखा आफु संग छ भनि स्वकारेका छन् । प्रकाशित गसिपमा रेखा र सुदर्शनको प्रसंग मात्र नभएर केहि समय अघि अमेरिका गएकी नायिका निशा अधिकारी,जाने तयारीमा रहेकी नायिका नन्दिता केसी र भिषा आबेदनको लाइनमा रहेका अन्य नायिकालाई पनि जोडिएको छ । साथै अमेरिकामा लामो समय देखि बसिरहेका कलाकार र हालै नेपाल फर्किएका अभिनेता सरोज खनाल र नायिका करिष्मा मानन्धरको प्रसङ्ग समेत उठाइएको छ । यहि गसिपमा ज्यान मार्ने धम्की दिइएको थियो । के यो गसिप गलत छ यदि गलत छ भने कहाँ गलत छ औल्याइदिए राम्रो हुन्थ्यो की अन्यथा सामान्य गसिपको बिषयलाई लिएर ज्यान मार्ने धम्की दिनु कहा सम्म न्यायोचित होला पाठकवर्गले नै मुल्यांकन गर्नुहोला । पैसा र शक्तिको भरमा प्रेस स्वतन्त्रताको हनन गर्ने अधिकार कसले दियो ? यहि गसिपमा दिइएको थियो धम्की: गसिप | भूकम्प पिडितका नाममा राहत संकलन भनि अमेरिका उड्न थाले कलाकार गौतम र सम्पादक गिरी बीचको टेलिफोन सम्बाद सुन्नुहोस्
प्रतिक्रिया