सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो गयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७२, आईतवार ०९:२०

सिन्धुपाल्चोक,६ असार ।  बुधबार रातिदेखि परेको अविरल वर्षापछि सिन्धुपाल्चोकको जुरेमा पहिरो गएको छ । कुनै मानवीय क्षती भने भएको छैन । गत वर्ष २ सय भन्दा बढीको मृत्यु हुने गरी पहिरो गएको ठाउँमा यो वर्ष पनि पहिरो गएको हो । माङ्खा र राम्चे गविसको सीमामा गएको पहिरोमा परेर तीन बस परेको थियो।

बाह्रविसेबाट काठमाडौं आउँदै गरेको बा २ ख २०२१, ५६५ र १६३६ नम्बरको बस पहिरोसँगै आएको लेदोमा परेको हो । लेदोले बसको आंशक भाग पुगिएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिन्धुपाल्चोक प्रहरी नायव उपरीक्षक सुनिलकेशरी भण्डारीको कमाण्डमा टोली खटिएको छ । सशस्त्र प्रहरीको टोलीले तीन वटै गाडीलाई पहिरो स्थलबाट निकालेको छ । पहिरोका कारण बाटो अवरुद्ध छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१