छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ जेष्ठ २०७१, आईतवार ०५:५४

उदयपुर, ११ जेठ  । उदयपुरका अलग अलग ठाँउमा चट्याङ पर्दा दुई जनाको ज्यान गएको छ । अरु चार जना घाइते भएका छन् ।
चट्याङ लागेर साउने गाविस ९ टोडेका २६ वर्षीय डम्बरबहादुर मगर र भलायडाँडा ३ का ६५ वर्षीय सन्तबहादुर राईको ज्यान गएको प्रहरीले जनाएको छ । चट्याङ लागेर साउने ९ का चित्रमान मगर र उहाँकी छोरी सीता घाइते भएको प्रहरी निरीक्षक बाबुराम पोखरेलले बताउनुभयो ।solar-strome
घरमै बसिरहेका बेला परेको चट्याङ लागेर मगरको घट्नास्थलमै ज्यान गएको साउने प्रहरी चौकीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यस्तै खाँबु ४ की ४० वर्षीया रणलक्ष्मी श्रेष्ठ र उहाँकी १७ वर्षीया छोरी रेखा, स्थानीय ५० वर्षकी डिल्लीनारायण श्रेष्ठ र ४० वर्षकी चन्द्रमाया श्रेष्ठ घाइते भएको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो ।
घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये रणलक्ष्मी, रेखा, डिल्लीनारयाण र चन्द्रमायाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यसैबीच उदयपुरको कटारी नगरपालिका २ मा शनिबार दिउँसो खोलाले बगाएर दुई जनाको ज्यान गएको छ । च्यांगा खोलामा आएको बाढीले बगाएर स्थानीय ४० वर्षीया मनमाया राई र उहाँकी ८ वर्षीया छोरी अञ्जनाको ज्यान गएको प्रहरीको भनाइ छ । खोला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१