संसारकै सबैभन्दा खुंखार १० महिला डनहरु (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ असार २०७२, शनिबार ०६:५४

१ सेण्ड्रा एभिलाः मेक्सिको

मेक्सिकोकी सेण्ड्रा एभिलालाई द क्वीन अफ प्यासिफिक अर्थात प्रशान्त क्षेत्रकी रानी भनेर समेत चिन्ने गर्छन् । उनी संसारकै खुंखार महिला ग्याङ्स्टर मानिन्छिन् । सन् १९६० मा जन्मेकी उनी पहिला पुलिसमा थिइन् तर पछि भने कुख्यात लागु औषध तस्कर भएर निस्किइन् ।

beautiful gangstars 1२ क्लाउडिया ओचाओ फेलिक्सः मेक्सिको

क्लाउडिया ओचाओ फेलिक्सले मेक्सिकोका संचार माध्यमले संसारकै सबैभन्दा सुन्दरी लागु औषध तस्कर भनेका छन् । उनलाई टेलिभिजन सेलिब्रेटी किम कार्दाशिनसँग पनि तुलना गरिन्छ । सन् २०१४ पछि संसारभरी हेडलाइन बनेकी उनी अपराधी समूह लस एन्ट्राक्सकी प्रमुख मानिन्छिन् । उनीमाथि हत्या लगायतका सयौं आरोप छन् ।

beautiful gangstars 2

३ जुडी मोरनः अष्ट्रेलिया

जुडी मोरन अस्ट्रेलियाको प्रसिद्ध मोरन परिवारकी सदस्य हुन् । द रिचेस्ट डट कमका अनुसार इनको नाम सुन्दा अष्ट्रेलियाका जनता र अपराधीहरु समेत काँप्ने गर्छन् । सन् १९८२ मा आफ्ना पति ग्याङ भिडन्तमा मरेपछि उनी डन बनेकी थिइन् । सन् २००२ मा यिनका छोरा समेत यस्तै भिडन्तमा मारिएका थिए । जुडीले हत्याको अभियोगमा २८ वर्ष जेल सजाय काटिसकेकी छिन् ।

beautiful gangstars 3

४ थेल्मा राइटः अमेरिका

अमेरिकाको फिलाडेल्फियाकी थेल्मा राइट लागु औषध तस्करीमा कुख्यात नाम हो । सन् १९८६ मा उनका पति ग्याङ फाइटमा मारिएपछि उनी तस्करी क्वीन बनेकी थिइन् । उनी अहिले पनि महिनामा लाखौं डलर कमाउने धन्दामा रहेको बताइन्छ ।

beautiful gangstars 4

५ मारिया लियोनः अमेरिका

मेक्सिकोमा जन्मेकी मारिया लियोन १३ सन्तानकी आमा हुन् तर पनि उनको नाम सुनेर अपराधीहरु समेत काँप्छन् । आफ्ना १३ सन्तान हुर्काएर पनि उनले लागु औषध तस्करीको दुनियाँमा राज गरिरहेकी छिन् । मेक्सिकोमा उनीविरुद्ध हत्याका दर्जनौ मुद्धा चलिरहेका छन् । तर उनलाई त्यहाँका ड्रग माफियाको समर्थन छ ।

beautiful gangstars 5

६ मारिया लिसियार्डीः इटाली

मारिया लिसियार्डी इटालीकी सबैभन्दा खतरनाक महिला ग्याङ्गस्टर हुन् । उनले सन् २००१ मा गिरफ्तार हुनु अघि इटालीको नेपाल्स क्षेत्रमा अपराधको दुनियाँमा राज गरेकी थिइन् ।

beautiful gangstars 6

७ रोसेटा क्यूटोलोः इटाली

इटालीको आपराधिक दुनियाँमा रोसेटाको नाम शीर्ष स्थानमा आउँछ । उनी संसारकै लागु औषध डनहरुमा चर्चित छिन् । आफ्ना भाइको लागु औषध धन्दा सम्हालेकी उनले ग्याङ्ग लिडर भनेर त्याँको आपराधिक दुनियामा राज गरेकी थिइन् । अहिले उनी जेलमा छिन् ।

beautiful gangstars 7

८ जेमेकर थमसनः अमेरिका

अमेरिकाको आपराधिक दुनियाँमा जेमेकर थमसनको नाम छुटाउन मुस्किल पर्छ । उनलाई क्वन पेन समेत भन्ने गरिन्छ । गरीब परिवार बाट आएपनि प्रेम सम्बन्ध हुँदै आपराधिक दुनियाँमा छिरेकी उनले आफ्ना पतिको हत्या भएपछि ग्याङ्स्टर बनेर लागु औषध र तस्करीको कारोबार चलाएकी थिइन् ।

beautiful gangstars 8

९ राफेला डी एन्टेरियोः इटाली
इटालीका महिला अपराधीको सूचीमा अग्र पंक्तिमा आउने राफलालाई इटालीको आपराधिक दुनियाँको खुंखार महिला डन मानिन्छ । उनी पनि आफ्ना पतिको मृत्यु पछि आपराधिक दुनियाँमा आएकी थिइन् ।

beautiful gangstars 9

१० अन्ना ग्रिष्टियानाः अमेरिका

अन्ना ग्रिष्टियाना अमेरिकाकी कुख्यात महिला अपराधी हुन् । उनी महिलालाई देह ब्यापार गराएको लगायतका अपराधमा संलग्न भएको भनेर कुख्यात भएकी थिइन् । अमेरिकी प्रहरीले आफै ग्राहक बनेर ग्रिष्टियानाको देहब्यापार धन्दालाई तहस नहस पारेको थियो । सन् २०११ मा उनलाई प्रहरीले फसाएर पक्राउ गरेको थियो ।

beautiful gangstars 10

 

Nepalheadlines.com

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१