सरकारी विद्यालयकी छात्रा भावनाले ल्याइन ९३.८७ प्रतिशत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ असार २०७२, शनिबार ०६:३९

बुटवल ,५ असार । सामुदायिक विद्यालयको एसएलसी नतिजा कमजोर हुँदै गएको चर्चा चलिरहेका बेला बुटवलको बुटवलमा एक छात्राले ठूलो सफलता हात पारेकी छन् ।
बुटवलको शान्ति नमूना उच्च माध्यमिक विद्यालयकी छात्रा भावना अर्यालले ९३.८७ प्रतिशत अंक प्राप्त गरेकी छन् । बुटवलको मणिग्राममा रहेको उक्त विदालयकी छात्रा भावना छात्रातर्फ नेशनल टपर समेत भएकी छन् । अहिलेसम्म अरुको दावी नआएकोले उनी नेशनल टप भएको बताइएको छ ।
भावना यसअघिका अन्य परीक्षामा पनि जिल्लामै प्रथम स्थान हासिल गर्दै आएकी थिइन । उनले कक्षा ६ सम्म न्यू इन्भारामेन्ट बोर्डिङ स्कूलमा अध्ययन गरेकी थिइन् । उनी कक्षा ७ बाट सामुदायिक विद्यालयमा अध्ययन थालेकी थिइन ।
भावनासँगै शान्ति नमूना उमाविबाट अर्का २ छात्राले पनि उत्कृष्ट अंक ल्याएका छन् । शान्ति नमूनाका विपना कुँवर र संस्कृति भट्टराईले ९२ प्रतिशत अंक प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१