मोबाइल पसलबाट ११ लाख बराबरको चोरी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ असार २०७२, शुक्रबार १७:५५

refभीमदत्तनगर, ४ असार । आज बिहान कञ्चनपुरको कृष्णपुर गाविसमा रहेको एक मोबाइल पसलमा ११ लाख बराबरको चोरी भएको छ । कृष्णपुर गाविस–२ बाणी बजारमा रहेको कृष्ण मोबाइल सिटीमा बिहान ३ बजे चोरी भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक वासु अवस्थीले जानकारी दिए ।

उनले बिक्रीमा राखिएका ९५ वटा मोबाइल सेट, ४० हजार बराबरको रिचार्ज कार्ड र अन्य मोबाइलसम्बन्धी इलेक्ट्रोनिक सामान गरी ११ लाख बराबरको चोरी भएको बताए । ‘मोबाइल पसल फुटाएर मोबाइल सेट राख्ने बट्टाभित्रै आगो लगाएर जलाइएको छ’, प्रहरी नायब निरीक्षक अवस्थीले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’ रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१