यौनसम्पर्क गर्दा गर्भको भय हुनु जायज की नाजायज ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ असार २०७२, शुक्रबार १६:५९

यौनसम्पर्क गर्दा गर्भ रहने भएकाले तपाईंकी प्रेमिकाको भय जायज हो । किनभने अनिच्छित गर्भ रहँदा त्यसका अनेकन नकारात्मक असर पर्न सक्छन् । प्रायजसो: नहुने भए पनि कतिपय स्थितिमा पहिलो वा एकमात्र यौनसम्पर्कमा नै गर्भ रहन सक्छ । सामान्यत: गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । त्यसका लागि पहिले त शुक्रकीट र डिम्बको मिलन हुनुपर्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको समय मिल्नुपर्छ । महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समयनजिक गर्भ रहने सम्भावना बढी हुन्छ ।
डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी प्रारम्भ हुन्छ । २८ दिनमा महिनावारी भएकी महिलामा १४ औं दिनतिर डिम्ब निस्कने भएकाले यति बेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छन्, त्यसैले डिम्ब निस्कनुभन्दा केही अघि र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिले असुरक्षित काल मानिन्छ । सामान्यत: महिनावारी सुरु भएको आठौं दिन यौनसम्पर्क गर्दा गर्भरहने सम्भावना न्यून हुन्छ ।

कन्डमको प्रभावकारिता
कन्डम पुरुषहरूले यौनसम्पर्कका बेला लिङ्गमा लगाउने एक विशेष किसिमको रवरले बनेको पातलो खोल हो । अहिले सामान्य रूपमा बजारमा उपलब्ध हुने पुरुषको लिङ्गमा लगाइने कन्डम ल्याटेक्स रबरवाट बनेका हुन्छन् । अहिले महिला कन्डम पनि उपलब्ध हुन थालेको कुरा तपाईंलाई थाहै हुनुपर्छ । कन्डमको प्रयोगले गर्भनिरोध हुने मात्र होइन, यसले एचआईभी तथा यौन रोगको संक्रमणबाट पनि जोगाउँछ । तपाईंलाई थाहै छ, कन्डम लगाएपछि वीर्य स्खलन हुँदा योनिमा पर्न पाउँदैन, त्यसैले वीर्यमा भएका शुक्रकीट पनि पाठेघरमा पस्न पाउँदैनन्, त्यसैले गर्भ रहने कुरै भएन ।
जीव विज्ञान अनि चिकित्सा विज्ञानमा हामी प्राय: जसो शतप्रतिशतको कुरा गर्दैनौं । सही तरिकाले प्रयोग गर्दा कन्डमको प्रभावकारिता उच्च छ । अध्ययनले सही र नियमित रूपमा एक वर्षसम्म कन्डम प्रयोग गर्दा सयमध्ये यस्तै २ जना जतिमा गर्भ रहन्छ, तर सही रूपमा प्रयोग नगर्ने जोडीमा यस्तै १८ जनाको गर्भ रहन्छ । गर्भबाहेक यसले विभिन्न यौन रोग सर्नबाट पनि जोगाउँछ ।
राम्रोसँग कन्डम लगाएको स्थितिमा कन्डम फुट्ने वा फुस्कने डर हुँदैन, तर केही स्थितिमा कन्डम फुट्न सक्छ । केही गरी फुटेको स्थितिमा नअत्तालिने र शान्त रहने, जसले सही निर्णय गर्न सहयोग गर्छ । यौनसम्पर्क गर्दागर्दै वीर्य स्खलन हुनुभन्दा पहिले नै कन्डम फुटे यौनसम्पर्कलाई तुरुन्त रोक्ने र लिङ्ग निकाल्ने, नयाँ कन्डम लगाउने अनि मात्र यौनसम्पर्कलाई निरन्तरता दिने । यदि वीर्य स्खलन भैसकेको भए सावधानीपूर्वक लिङ्गलाई झिक्ने र त्यसपछि लिङ्ग तथा त्यसवरिपरिको क्षेत्र साबुन तथा मनतातो पानीले राम्रोसँग पखाल्ने । यसका साथै त्यसको सम्भावित असरको बारेमा आफ्ना जोडीसँग विस्तृत रूपमा कुराकानी गर्नुपर्छ ।
sexआकस्मिक गर्भनिरोध चक्कीको प्रभावकारिता तपाईंले सोध्नुभएको इकोन आकस्मिक गर्भनिरोधका लागि प्रयोग गरिने चक्की हो । कुनै कारणवश गर्भनिरोधको सुरक्षा उपाय अपनाउन नसकिएको स्थितिमा आकस्मिक गर्भनिरोध उपाय अवलम्बन गर्न सकिन्छ । यसमा प्रयोग गरिने औषधी र अन्य गर्भनिरोधका खाने चक्कीमा प्रयोग गरिने हार्मोन उस्तै भए पनि यसलाई प्रयोग गर्ने तरिका भने फरक छ । यौनसम्पर्क भएको जतिसक्यो चाँडो यसको पहिलो मात्रा खानुपर्छ । पहिलो मात्रा यौनसम्पर्क भएको १ सय २० घण्टा -५ दिनभित्र) खाइसक्नुपर्छ । अर्को मात्रा पहिलो मात्रा खाएको १२ घण्टामा खानुपर्छ । यसरी १२ घण्टाको फरकमा दुई पटक औषधी खाए पुग्छ । त्यसैले दोश्रो मात्रा लिन सजिलो समयका बारेमा पनि ध्यान दिनुपर्ने हुन्छ ।
यस्ता आकस्मिक गर्भनिरोधक चक्कीको प्रभावकारीता यस्तै ७५ देखि ८९ प्रतिशत हुन्छ । यौनसम्पर्कपछि कति चाँडो यो औषधी खाइएको छ, महिनावारी कुन अवस्थामा छ तथा कस्तो प्रकारको औषधी खाइएको छ भन्ने कुरामा धेरै कुरा भर पर्छ । औषधी जति चाँडो खाइयो त्यति नै प्रभावकारी हुन्छ । आकस्मिक गर्भनिरोधको साधन यदि २४ घण्टा भित्र खाइए यस्तै ९५ प्रतिशत प्रभावाकारी हुन्छ भने २५ देखि ४८ घण्टामा खाँदा ८५ प्रतिशत र त्यसपछि खाँदा त्यसको प्रभावकारिता अझ कम हुँदै जान्छ । यो आकस्मिक उपायलाई नियमित रूपमा वा बारम्बार प्रयोग गर्न थालियो भने यसको प्रभावकारिता अझ कम भएर जान्छ, अर्थात् गर्भ रहन सक्ने सम्भावना बढ्छ । गर्भ रहे-नरहेको पक्का हुन समयमै महिनावारी नभए पिसाब परिक्षण गराउनुपर्छ ।

रोकथाम किन नगर्ने ?
अनिच्छित गर्भ रहेर गर्भपतन गराउनुपर्ने वा अन्य अप्ठयारो स्थितिमा पुग्नुभन्दा पहिले नै गर्भनिरोधका साधन प्रयोग गर्नु बुद्धिमानी हुन्छ । गर्भपतनको तुलनामा गर्भनिरोधका साधनका नकारात्मक असर नगण्य छन् । तपाईंहरूबीच नियमित रूपमा यौनसम्पर्क हुने स्थिति छ भने मिल्दो गर्भनिरोधको साधन प्रयोग गर्न सक्नुहुन्छ । उपयुक्त साधन छनौटका लागि परिवार नियोजनका सेवा केन्द्र वा स्वास्थ्यकेन्द्रमा जान सक्नुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१