एसएलसीको नतिजा सार्वजनिक, ४७.४३ प्रतिशत परीक्षार्थी उत्तिर्ण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ असार २०७२, शुक्रबार १४:२६

काठमाडौं, ४ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले प्रवेशिका परीक्षा ‘एसएलसी’को नतिजा सार्वजनिक भएको छ । कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले दिएको जानकारी अनुसार यसवर्ष ४७ दशमलव ४३ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । गत चैतमा सञ्चालन भएको परीक्षामा ५ लाख ७१ हजार विद्यार्थी सहभागी भए थिए । जसमा नियमिततर्फ ४ लाख २६ हजारको सहभागिता थियो । जसमध्ये १ लाख ९२ हजार २ सय ६७ उत्तिर्ण भएका छन् । उत्तिर्ण प्रतिशत छात्रतर्फ ५३ र छात्रातर्फ ४० प्रतिशत छ ।

slcकसरी हेर्ने नतिजा ?

एसएलसीको नतिजा हेर्नका लागि इन्टरनेट साथै एसएमएसकाे पनि प्रयोग गर्न सकिन्छ । सबैभन्दा सजिलो तरिका नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गर्ने नै हो । तपाईंले आफ्नो मोबाइलबाट SLC स्पेस Symbol Number टाइप गरी १६०० मा एसएमएस गर्न सक्नुहुन्छ । १६०० मा सिधै फोन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसैगरी परीक्षा नियन्त्रण कार्यलय सानोठिमीको वेवसाइट http://www.soce.gov.np/ मा गएर परीक्षाफल हेर्न सकिने छ । परीक्षा नियन्त्रक द्वारेका अनुसार शिक्षा विभागको वेवसाइट http://www.doe.gov.np/ र शिक्षा मन्त्रालयको वेबसाइट http://www.moe.gov.np/ बाट पनि नतिजा हेर्न सकिन्छ । यस्तै नेपाल टेलिकमको http://slc.ntc.net.np/ बाट पनि एसएलसीको नतिजा हेर्न सकिनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१