एसएलसी नतिजा सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ असार २०७२, शुक्रबार १३:१९

कल्पना दंगाल

काठमाडौँ, ४ असार ।परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी नतिजा प्रकाशन गरेको हो । यसवर्ष परीक्षामा ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । अघिल्लो वर्ष ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्रीर्ण भएका थिए ।

यसवर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६ सय ८५, पुनः परीक्षामा एकलाख ४५ हजार एक सय ८३ तथा प्राविधिकतर्फ तीनहजार दुई सय ८८ सहभागी थिए । परीक्षा गतवर्ष ५ देखि १३ चैतसम्म सञ्चालन भएको थियो ।

परीक्षा नियन्त्रण कार्यलय सानोठिमीका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार विभिन्न नम्बरमा एसएमएस पठाएर, शिक्षा मन्त्रालय, विभाग र परीक्षा नियन्त्रण कार्यलयको वेवसाइटसँगै अरु धेरै वेवसाइटमा पनि परीक्षाफल हेर्न सकिनेछ । विद्यार्थीलाई सहज होस् भनेर यो व्यवस्था गरिएको उहाँले बताउनुभयो । परीक्षा नियन्त्रक द्वारेका अनुसार इन्टरनेटको पहुँच नभएकाले एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सक्नेछन् । त्यसको लागि SLC लेखेर एक स्पेस दिएपछि सिम्वल नम्बर लेखेर १६००, ५५६६, ५००१, ४९४९, ५२२५, ७६७६ मा एसएमएस गर्न सकिन्छ ।

१६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसैगरी शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मा परीक्षाफल हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । परीक्षा नियन्त्रक द्वारेका अनुसार शिक्षा विभागको वेवसाइट www.doe.gov.np र परीक्षा नियन्त्रण कार्यलय सानोठिमीको वेवसाइट www.soce.gov.np मा परीक्षाफल हेर्न सकिनेछ । योसँगै www.slc.ntc.net.np, www.ncell.com.np मा परीक्षाफल हेर्न सकिनेछ । –

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१