साथीहरु बिदेशमा छन । समुन्द्रको किनारमा मुसुक्क हाँस्दै सेल्फी अप्लोड गर्छन । अग्ला अग्ला घर, चिल्ला चिल्ला गाडी,शानदार रेस्टुरेन्ट । यो देखेर मलाई पनि बारम्बार पासपोर्ट बनाउन मन लाग्छ तर हेर्छु गोजीमा पासपोर्ट बनाउने पनि पैसा छैन ।
सानो तिनो जागिर छ । बिहान बेलुका पढाउन जान्छु । जहिले पनि दौडधुप र हस्याङ् फस्याङ मै बित्छ दिन । केटाहरुलाई पैसा छाप्या जस्तो लाग्छ होला तर जब तलब थाप्छु, हात लाग्छ चार हजार । अब त्यो पैसाले कोठा भाडा तिर्नु कि रासन किन्नु रु किताब किन्नु कि भर्ना गर्नु रु गाडी भाडा तिर्नु कि जुत्ता किन्नु रु अरुहरुको झन के छ होला ।
सर्टिफिकेटको थुप्रो लाग्दै छ, म भन्दा पनि उज्याला छन मेरा सर्टिफिकेटहरु । सर्टिफिकेटकै सिरानी हालेर सुत्छु । त्यै भएर होला सरकारी जागिर खाएको सपनाहरु मात्र देख्छु । सरकारी जागिरको फारम भर्ने लाइनमा धेरै पल्ट लागेँ पनि तर त्यो लाइन यती लामो थियो कि ज्यान जाला घटेन । पालै आएन ।
सबले चिन्छन- भोकले चिन्दैन । लागिहाल्छ । सर्टिफिकेटले पेट नभरिने भयो यो देशमा ।
हरेक दिन मरिरहेको अवस्था छ । महँगीले मार्दै छ । बेरोजगारीले मार्दै छ। अभावले मार्दै छ। भ्रष्टहरुले रगत र पसिना चुसेर मार्दैछन । कालोबजारीहरुको बिगबिगी,दलालहरुको बिगबिगी । झन झन अनिश्चित बन्दैछ जीवन यहाँ । कतैबाट स्वाइन फ्लु भयो भने त झन पक्कै मरिन्छ । यसैगरी सकिदैछ जिन्दगी, भोली भाई बहिनीहरुको त झन के हुने होला ? घर सम्झ्यो तनाव, डेरा सम्झ्यो तनाव, भविष्य सम्झ्यो झन तनावै तनाव । यस्तै रह्यो भने तनावै तनावले मरिने पक्कै छ ।
अहँ भो१ यसरी मर्दिन ।आखिर मर्नु त छदै छ । यसरी मर्नु भन्दा बरु मृत्यु छानेर मर्छु । लडेर मर्छु । आन्दोलनमै मर्छु । नलडेर पनि के नै पाएको छु ररु बरु लड्छु । ती जो सिंहदरवारमा बसेर मेरो भाग्य लेख्न खोज्दैछन उनीहरुलाई मसानघाट पुर्याएर मर्छु । जिन्दगी एउटा आन्दोलन हो, आन्दोलित भएरै मर्छु ।
हो,आन्दोलनको एउटा चल्दै आएको नियम छ- जीते पुरै राज्य मेरो हुनेछ, हारे हातमा हत्कडी हुनेछ । तर के यो आन्दोलन मेरो मात्रै हो त ?
-नरेश रेग्मी
प्रतिक्रिया