कसरी हेर्ने एसएलसी परिक्षाको नतिजा ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ असार २०७२, शुक्रबार १०:०९

काठमाडौं, ४ असार । २०७१ सालको एसएलसी परीक्षाको नतिजा शुक्रबार सार्वजनिक हुने भएको छ । सरकारले एसएलसीको परीक्षाफल थाहा पाउन एसएमएस, आइभीआर र वेवसाइटमा हेर्न मिल्ने व्यवस्था गरेको छ ।
परीक्षा नियन्त्रण कार्यलय सानोठिमीका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार विभिन्न नम्बरमा एसएमएस पठाएर, शिक्षा मन्त्रालय, विभाग र परीक्षा नियन्त्रण कार्यलयको वेवसाइटसँगै अरु धेरै वेवसाइटमा पनि परीक्षाफल हेर्न सकिनेछ । विद्यार्थीलाई सहज होस् भनेर यो व्यवस्था गरिएको उहाँले बताउनुभयो । परीक्षा नियन्त्रक द्वारेका अनुसार इन्टरनेटको पहुँच नभएकाले एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सक्नेछन् । त्यसको लागि SLC लेखेर एक स्पेस दिएपछि सिम्वल नम्बर लेखेर १६००, ५५६६, ५००१, ४९४९, ५२२५, ७६७६ मा एसएमएस गर्न सकिन्छ ।
SLC१६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसैगरी शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मा परीक्षाफल हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । परीक्षा नियन्त्रक द्वारेका अनुसार शिक्षा विभागको वेवसाइट www.doe.gov.np र परीक्षा नियन्त्रण कार्यलय सानोठिमीको वेवसाइट www.soce.gov.np मा परीक्षाफल हेर्न सकिनेछ । योसँगै www.slc.ntc.net.np, www.ncell.com.np मा परीक्षाफल हेर्न सकिनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१