एसएलसीको नतिजा केही घण्टामै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ असार २०७२, शुक्रबार ०९:२७

काठमाडौँ,४ आषाढ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ को एसएलसी प्रवेशिका परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षाफल सार्वजनिक गर्न बिहान ११ बजे बोर्ड बैठक आह्वान गरिएको जानकारी दिए ।

slc

गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले कार्यालय भवनमा क्षति पुर्याएका कारण केही दिन ढिलो हुने भएको हो । परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी गरिएको बताउँदै परीक्षा नियन्त्रक द्वारेले बोर्ड बैठक सकिएपछि अन्तिम रुजु गरेर अपराह्न ५ बजेसम्म परीक्षाफल सार्वजनिक गरिने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१