यी चिज खानेकुरा मात्र हैनन्, औषधि पनि हुन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ असार २०७२, शुक्रबार ०५:५६

खाद्य पदार्थ केवल हाम्रो पेट भर्नका लागि वा शक्ति प्रदान गर्नका लागि मात्र उपयोगी हुँदैनन् यिनीहरुमा औषधीय गुण पनि हुन्छ ।

 हामीले दैनिक रुपमा प्रयोग गर्ने विभिन्न खाद्य पदार्थमा समेत औषधीय गुण रहेको हुन्छ, जसबारेमा हामीलाई पत्तो नहुन पनि सक्छ । हामीले भोक शान्त पार्न वा स्वादका लागि मात्र यस्ता परिकार खाएका हुन्छौँ तर यस्ता खाद्यपदार्थले प्राकृतिक औषधिको काम गरिरहेका हुन्छन् । औषधीय गुण भएका दश खाद्य परिकार यस प्रकार छन् :

अदुवा :

अदुवालाई सर्दी वा चिसो भगाउने औषधि नै मानिन्छ । सुख्खा खोकी लागेमा, सरीरमा चिसो घुसेमा अदुवा पोलेर मुखमा राखेर विस्तारै चपाउने वा अदुवा राखेको पिरो पिरो चिया पिउनु लाभदायक मानिन्छ । खुर्सानी : खुर्सानीमा यस्तो तत्व पाइन्छ जसले सरीरमा दुखाइ कम गर्छ ।

खुर्सानी

सेवन गर्नाले दुखाइ अनुभुति गराउने रसायनको उत्सर्जन रोकिदिन्छ, जसका कारण दुखाइ कम हुन्छ ।
तिते करेला :
 तिते करेला मधुमेहका रोगीलाई निकै लाभदायक मानिन्छ । मधुमेहका रोगीले दिनहुँ तिते करेलाको तरकारी खाएमा सरीरमा इन्सुलिनको मात्रा सन्तुलित हुन्छ ।

मह :

महलाई सर्वोषधि वा सबै रोगको औषधि भनिन्छ । महको सेवनबाट सरीरका आन्तरिक रोगलाई निको पार्न सघाउ पुग्ने छ छँदैछ काटेको घाउमा मह दल्नाले पनि घाउ पाक्न पाउँदैन र छिटो निको हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१