जहाँ युवती छानीछानी सित्तैमा सेक्स गर्न पाइन्छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ असार २०७२, शुक्रबार ०५:५१
 एजेन्सी ।  आर्थिक अवस्था कमजोर भएका युवती बाध्यताले यौन व्यवसायमा लागेका हुन्छन् । अर्काेतिर छोटो समयमै धन कमाएर धनाढ्य बन्न व्यापारीले यौन व्यवसाय सञ्चालन गरेका हुन्छन् । तर यहाँ एउटा अनौठो चलन छ । आफ्ना ग्राहकलाई मदिरा र सेक्स सित्तैमा उपलब्ध गराइन्छ ।
ग्राहकले सित्तैमा छानीछानी युवतीसँग सेक्स गर्न पाउँछ । यो अनौठो चलन अस्ट्रियाको साल्जबर्ग सहरको हो । सरकारले लगाएको चर्को करबाट बच्न वेश्यालयले आफ्ना ग्राहकलार्इ सित्तैमा सेक्स सेवा उपलब्ध गराएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वेश्यालयले सरकारलाई कर नतिर्ने रणनीति अनुसार ‘यहाँ सित्तैमा प्रवेश पाइनेछ । हामी सित्तैमा मदिरा र सेक्स गर्न दिनेछौं ।’ भनेको छ । पैसाको कारोबार नभएपछि सरकारले वेश्यालयबाट कर नअसुल्ने भएकाले ग्राहकलाई सित्तैमा सेवा दिइएको समाचारमा जनाइएको छ ।
वेश्यालयका मालिक हर्मन म्युलरले सेक्स कारोबार नियन्त्रण तथा कर विरोधी अभियान अन्तर्गत ग्राहकलाई सित्तैमा सेवा दिएको बताएका छन् । सित्तैमा सेक्सको अफर सदुपयोग गर्न वेश्यालयको अगाडि हजारौं मानिसहरु लाइन लागेको अस्ट्रियाका सञ्चारमाध्यमका तस्बिरमा देखाइएको छ । वेश्यालयका मालिक म्युलरले सेक्स सेवा दिने कर्मचारीलार्इ पूरा पारिश्रमिक दिने जनाएका छन् । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१