चीनमा भारी बर्षा, विद्यालय र कलेजहरु बन्द…..!

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ असार २०७२, शुक्रबार ०५:४५

 chinafinal2एजेन्सी। चीनमा लगातारको बर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।  चीनको जियाङसुर प्रान्तका अधिकांश घरमा पानी पसेकाले सो प्रान्तका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ । बर्षाका कारण नदीको सतह बढेर बस्तीसम्म प्रवेश गरेकाले केही दिनका लागि बिद्यालय र कलेजहरु बन्द गरिएका छन् ।

 ठाउँ–ठाउँमा रुख र बिजुलीका पोल ढलेकाले यातायात सेवा समेत अबरुद्ध बनेको छ । चीनका मौसमबिद्हरुले बर्षा अझै केही दिनसम्म जारी रहने बताएका छन् ।

यता बस्तीमा पसेको पानी हटाउनका लागि सयौंको संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१