पानी नपर्दा सर्लाहीका किसानहरुमा चिन्तित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७२, बिहीबार १७:३२

एस.पी.गौरब
सर्लाही,३ असार । समयमा पानी नपर्दा सर्लाहीका किसानहरुमा चिन्ता बढ्न थालेको छ । मानो रोपेर मुरी उत्पादन गर्ने समयमा पानी नपर्दा सर्लाहीमा रहेका ८८ वटा मध्ये मलंगवा नगरपालीका लगायत ५० भन्दा बढी गाविसका किसानहरुमा पीडा बढेको हो । असारको पहिल्लो साता वित्नै लाग्दा पनि धानको व्याड राख्न नपाएकोमा किसानहरुमा चिन्ता बढेको छ । साथै विभिन्न स्थानमा खाने पानी समेत सुक्न थालेको छ । आकासे पानीको भरमा खेती गर्ने किसानहरुमा विशेष गरि यो समस्या देखीन थालेको हो । भने सर्लाहीका ६० प्रतिशत किसानहरु आकासे पानीमा भर पर्नु पर्ने बाध्यता छ । पानी नपरेका कारण राखेको धानको व्याड पनि डढ्न थालेको र कति गाविसमा व्याड समेत राख्न पाएका छैनन् । त्यस्तै लगाईएको मकै तथा अन्य अन्न तथा तरकारी वाली पनि सुक्न थालेको छ ।

agroभने लामो समयदेखी पानी नपरेका कारण गर्मी समेत बढेको छ । कृर्षी विकास कार्यलय सर्लाहीका कृर्षी प्रशासकिय अधिकृत देवानन्द राय यादवका अनुसार सर्लाहीका पश्चिमी तथा दक्षीणी गाविसहरुमा पानीको समस्या गंभिर मात्रामा देखापर्न थालेको हो । ५६ हजार हेक्टर धानबाली उत्पादन हुने सर्लाही जिल्लामा करिब १ लाख ६० हजार मेट्रीक टन धान उत्पादन हुनु पर्ने सर्लाहीका वाली विकास अधिकृत राम प्रकाश महत्तो बताउनु हुन्छ ।उहाँका अनुसार ५६ हजार हेक्टरको ६० प्रतिशतमा जमिनमा पानी छैन भने सर्लाहीका विभिन्न स्थान भएर बग्ने बाग्मती तथा अन्थ नदीको पानीले ४० प्रतिशत जमिनलाई सिचाई हुने भए पनि ६० प्रतिशत जमिनमा पानी नभएका कारण गत सालको तुलनामा यो साल धान तथा अन्न वालीमा गिरावट आउने वाली विकास अधिकृत महत्तोको भनाई छ । तराईमा उत्पादन हुने सबै किसीमका अन्न तथा तरकारी वाली सर्लाहीमा उत्पादन हुने वाली विकास अधिकृत महत्तोले जानकारी दिनु भयो । पानी नआए पनि मोटर चलाएर भएपनि धानको व्याड राख्ने गरेको तर लो भोल्टेजले स्टिपलाईजर लगाउदा समेत मोटर नचलेको किसानहरुको गुनासो छ । भने विद्युत प्राविधी करण कार्यलयले सेडुल अनुसार नभएर जथाभावी लाईन काट्दा गर्मीको समयमा आफुहरुलाई समस्या परेको सेवाग्रहीेहरुको गुनासो छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१