बिना तार वाइफाइबाट क्यामरा चार्ज

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७२, बिहीबार १४:५६

वासिंगटन । भारतीय मुलका एक शोधकर्ताले एक यस्तो प्रणालीको विकास गरेका छन्, जुन प्रणालीमा वाइफाइबाट क्यामरा चार्ज गर्न सकिन्छ । सिएटलस्थित युनिभर्सिटी अफ वासिंगटनको शोधकता विद्यार्थी वामसी तल्ला र उनको सहकर्मीहरु मिलेर यस्तो नयाँ प्रणालीको विकास गरेका हुन् । यस्तो चामत्कारिक आविस्कारको उनीहरुले ‘पावर ओभर वाइफाई’ नाम राखेका छन् । वाइफाइबाट क्यामराको चार्ज गर्दा कुनै पनि तारको प्रयोग गरिँदैन । यस्तो चार्जिङ प्रणालीको अवधारणा एकदम सामान्य छ । वाईफाई रेडियोले एककिसिमको ऊर्जा प्रसारित गर्दछ, जसले एक साधारण एन्टेनाले पनि सिग्नल लिन सक्छ । तल्लाले तापमान सेन्सरसँग एन्टिना जोडेका छन्, यसलाई वाईफाई राउटरको नजिकै राखिएको हुन्छ र उपकरणमा भोल्टेजलाई नापिन्छ ।

wifiयसको साथै यो टिमले एन्टिनासँगै क्यामेरालाई पनि जोडिदिएका हुन्छन् । यसले १७४×१४४ पिक्सलको श्यामस्वेत फोटो खिच्ने क्षमता राख्दछ, जसको लागिप्रति तस्बिर १०.४ मिलीजोन्स ऊर्जाको जरुरत पर्दछ । ऊर्जा संग्रह गर्नको लागि उनीहरुले क्यामराको साथ कम डिस्चार्ज गर्ने क्यापासिटर लगाइएको हुन्छ । यसले तस्बिरहरु ६४ केवी र्याममा संग्रहित गरिएको हुन्छ । तल्लाले एमआइटी टेक्नोलोजी रिब्यू पत्रिकालाई बताएका छन्, ‘ब्याट्रीमुक्त यस्तो क्यामरालाई वाईफाईको राउटरदेखि लगभग पाँच मिटरको दुरीबाट सञ्चालन गरिन्छ । यसले प्रत्येक ३५ मिनेटमा तस्बिर खिच्न सक्छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१