शिक्षक र कर्मचारीनै यार्सागुम्बा टिप्न लागेपछि…

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७२, बिहीबार १३:४५

डोल्पा, ३ असार । यतिखेर डोल्पामा बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन गर्ने मौसम चलिरहेको छ । यार्सा सङ्कलनका लागि सर्वसाधारणमात्र पाटन गएका छैनन् शिक्षक, गाविस सचिव, खरिदार, सुब्बालगायतका जिल्लास्थित विभिन्न कार्यालयका प्रमुखदेखि सहायक कर्मचारीसम्म पनि यार्सा टिप्न पाटनतिर लागेका छन् । हरेक वर्ष यार्सा मौसमको सुरुवातसँगै कर्मचारीहरु यार्सा टिपाइबाट राम्रै आम्दानी गर्ने गर्छन् भने सरकारबाट उपलब्ध तलब भत्ता पनि पाएकै हुन्छन् । यार्सा मौसम सुरु भएलगत्तै सबैजसो सर्वसाधारण यार्सा सङ्कलनका लागि यार्सापाटनतिर लाग्ने भएकाले सेवाग्राहीहरु सेवा लिन नआउने भएर पाटनतिर गएको त्रिपुराकोट गाविसका सहलेखापाल हरिचन्द्र हमालले बताए । यदि कोही सर्वसाधारण सेवा लिन आइहाले पनि जिल्लामा बसेका कुनै सचिवको जिम्मा दिने उनले भने ।

yarsa (1)उनले यो एक महिने अवधिमा यार्सा सङ्कलनबाट राम्रै कमाई हुने बताए । यता विद्यार्थी सबै यार्सापाटनतिर लागेकाले विद्यालय बन्द भएपछि माझफाल गाविसस्थित थरगाउँमा पर्ने लक्ष्मी माध्यमिक विद्यालयका गगनकुमार बुढा पनि यार्सा टिप्न पाटनतिर लागेका थिए । यस वर्ष यार्सा टिप्दा गत वर्षको तुलनामा त्यति कमाई नभएको उनले बताए । गतवर्ष एक महिने अवधिमा एक लाख कमाएँ तर यस वर्ष भने पचास हजारमात्रै कमाई भयो, उनले उनले भने । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१