ढिलोमा शनिबार नभए शुक्रबार नै एसएलसीको नतिजा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७२, बिहीबार १२:०१

काठमाडौं,३ जेठ । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले अहिले उत्तरपुस्तिका परीक्षणपछि संकलित परीक्षार्थीको प्राप्तांकको रुजु गरिरहेको छ। परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले भने, ‘ढिलोमा शनिबारसम्ममा नतिजा सार्वजनिक गर्छौं। काम छिटो सकियो भने शुक्रबार नै नतिजा निकाल्छौं।’ पनिकाले अहिले सानोठिमीस्थित कार्यालय परिसरमा एक सातादेखि निरन्तर नतिजा प्रकाशनसम्बन्धी काम गरिरहेको छ। नतिजासम्बन्धी गोप्य काम गर्नुपर्ने हुनाले सर्वसाधारणलाई कार्यालयको मूलगेटबाट भित्र जान दिइएको छैन।

slcअति जरुरी काम गरेर आउने सेवाग्राहीको सुविधाका लागि मूलगेट नजिकै अस्थायी डेस्क राखेर सेवा दिइरहेको छ। अस्थायी डेस्क वरपर रातो डोरी टाँगेर सुरक्षाकर्मीले पहरा दिइरहेका छन्। यस वर्षको एसएलसीमा नियमित तथा आंशिक गरेर पाँच लाख ७४ हजार ६ सय ८५ परीक्षार्थी सहभागी थिए। जसमध्ये नियमिततर्फ चार लाख २६ हजार दुई सय १४ र आंशिकतर्फ एक लाख ४५ हजार एक सय ८३ जना सहभागी थिए। नियमिततर्फ छात्राको संख्या दुई लाख १३ हजार सात सय १० र छात्रको संख्या दुई लाख १२ हजार पाँच सय चारजना थियो। आंशिकतर्फ छात्र ५१ हजार दुई सय ५३ र छात्राको संख्या ८५ हजार नौ सय ३० थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१